Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली मौलिक उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणमा ओविआरले सघाउने

बुधबार, २२ मंसिर २०७३, १० : ४४ मा प्रकाशित

नेपाली मौलिक उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणमा ओविआरले सघाउने

अर्थ संसार

काठमाण्डौ– नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै  निर्यात संभाब्य क्षेत्रमा लगानी भित्र्याउने कामको संस्थागत सुरुवात अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्च   (ओबीओआर) नेपालले गर्ने भएको छ । 

ओविओआर नेपालले स्थानीय साझेदारसँगको सहकार्यलाई बढवा दिँदै आर्थिक अभिबृद्धि योजना कार्यान्वयको सुरुवात गरेको छ । ओविओआरले सोमबार विभिन्न व्यवसायिक संघ÷संस्थासँग पारस्परिक लाभ तथा हितका लागि व्यापार र लगानी विस्तार सम्झौता गरेको छ । 

चिया, कफी, गलौंचा, पस्मिना, हस्तकालजस्ता अधिक माग भएका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन ओविओआरले सहयोग गर्ने छ । यसले क्षेत्रमा लगानी भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ । चीनको ‘वान बेल्ट वान रोड’ को अवधारणा कार्यान्वयन गर्न गठित ओविओआर नेपालको यो प्रयासले आफ्ना उत्पादनको प्रवद्र्धनमा उद्योगीलाई सहयोग पुर्याउने र व्यापार विस्तार तथा विविधिकरण हुने दावी मञ्चले गरेको छ । 

ओविओआर नेपालले हस्तकला महासंघ, पस्मिना संघ, रेशम संघ, गलैंचा उत्पादक संघ, निर्माण सामग्री व्यापार महासंघ, हाते कागज संघ, हर्बल प्रोडक्ट्स संघसँग सोमबार आर्थिक अभिवृद्धि साझदारी गरेको छ । सोझेदारी पत्रमा ओविओर प्रतिनिधि वेन हू तथा ओविओआर नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र ति संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । 

ओविओआरले संस्कृति र पर्यटन, जलविद्युत र पूर्वाधार विकाससहित ठूला आयोजनामा लगानी भित्र्याउन र अन्तर्राष्ट्रिय व्यापार तथा लगानीलाई प्रमुख क्षेत्र बनाएर विशेष कार्यक्रमको प्रस्ताव गरिएको पनि जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको