Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको नाफा ५९ करोड ९२ लाख

सोमबार, २९ माघ २०७४, १० : ५९ मा प्रकाशित

बुटवल पावरको नाफा ५९ करोड ९२ लाख

अर्थ संसार, काठमाडौं– एफपिओ विक्री भैरहेको वुटवल पावर कम्पनीले चालु आर्थिक २०७३\७४को पुष मसान्तसम्ममा ५९ करोड ९२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

कम्पनीले अहिले ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्री गरिरहेको छ । पहिलो चरणमा निश्कासन गरेका एफपिओ विक्री नभएपछि दोस्रो चरणमा एफपिओ निश्कासन भैरहेको छ ।

बुटवलको प्रतिसेयर ३३ रुपैयाँ ९ पैसा, प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ २१ पैसा छ ।कम्पनीले विद्युत विक्रीबाट ४० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा ४० करोड २४ लाख रुपैयाँ थियो ।

कम्पनीको दीर्घकालीन ऋण ५० करोड ६८ लाख रुपैयाँ रहेको छ । एक अर्ब ८१ करोड चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा दुई अर्ब ८६ करोड रुपैयाँ राखेको छ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको