Like us!
Follow us!
Connect us!
Watch us!

रु तीन अर्बको विकास आयोजना

शनिबार, २७ माघ २०७४, ११ : ०१ मा प्रकाशित

रु तीन अर्बको विकास आयोजना

अर्थ संसार, नेपालगञ्ज– एशियाली विकास बैंकको सहयोगमा यहाँ कालोपत्रे सडक र सतही नाला निर्माण हुने भएको छ ।

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ३५ किमी कालोपत्रे सडक र सतही नाला निर्माण गर्ने जनाइएको छ ।

यसका लागि बैंकले करिब रु एक अर्ब ५० करोड ऋण अनुदान उपलब्ध गराएको छ । आयोजना प्रमुख सुनिलकुमार ठाकुरका अनुसार आयोजना सम्झौता भएको मितिले २० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

आयोजनाअन्तर्गत अहिले नेपालगञ्जको बेलासपुरदेखि खजुरा सडकखण्ड जोड्ने सडकको दुवै छेउमा सतही नाला निर्माण भइरहेको छ । यसका साथै नेपालगञ्जका भित्री सडक पनि निर्माण र मर्मत गरिने तथा पिछडिएका तथा विपन्न समुदायका लागि आयआर्जन कार्यक्रम सञ्चालन हुनेछ ।

सोही बैंकको ऋण अनुदान सहयोगमा उपमहानगरपालिकाले पनि सडक र सतही नाला निर्माण गर्ने जनाइएको छ ।

उपमहानगरपालिकाले सञ्चालन गर्ने शहरी विकास आयोजनाअन्तर्गत करिब ३६ किमी कालोपत्रे सडक र सतही नाला निर्माण गरिने आयोजनाका टोलीनेता डा जनार्दन आचार्यले जानकारी दिनुभयो ।

सो आयोजना सञ्चालनका लागि बैंकले करिब रु एक अर्ब ५० करोड ऋण अनुदान सहयोग उपलब्ध गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको