Like us!
Follow us!
Connect us!
Watch us!

के हो आस्वा सेवा ? आस्वा सेवा भएका बैंकहरु (लिष्टसहित)

शनिबार, २७ माघ २०७४, ०९ : ५४ मा प्रकाशित

के हो आस्वा सेवा ? आस्वा सेवा भएका बैंकहरु (लिष्टसहित)

अर्थ संसार ,काठमाडौ – धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताको बैंक खातामा खरिद गर्न चाहेको रकम रोक्का गर्ने प्रणालीलाई आस्वा सेवा भनिन्छ  ।

पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले सबै सार्वजनिक निष्कासनमा यस आर्थिक वर्षदेखि लागू हुने गरी आस्वा अनिवार्य गरिसेको छ ।

बोर्डको प्रावधान अनुसार आस्वा शुल्क १०० रुपैयाँसम्म लिन पाइनेछ । यसमा सेयर बाँडफाँट भएपछि सेयर परे बराबरको पैसा कटाएर बाँकी लगानीकर्ताकै खातामा फिर्ता दिइन्छ ।

प्रारम्भिक अवस्थामा आस्वा प्रणालीमा प्रतिदरखास्त २५० रुपियाँसम्म सेवा शुल्क लिने सक्ने व्यवस्था रहेकोमा आस्वासम्बन्धी निर्देशकामा संशोधन गरी बोर्डले लिने शुल्क समेत हटाई प्रतिदरखास्ता बढीमा एक सय रुपैयाँ मात्र शुल्क लिन पाउने व्यवस्था गरे पनि शुल्कक घटाई लिने बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा देखिएको छ ।

अधिकांशले संस्थाले सेवा शुल्क रु १० र २५ कायम गरेको छन् भने केही संस्थाले भने केही महिना निक्षेप आफ्नै संस्थामा व्लक भएर रहने लोभमा निशुल्क समेत गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहक अरुतिर नभागुन भनेर धमाधम आस्वा निशुल्क सेवा दिन थालेका छन् । यसबाट लगानीकर्ता पनि प्रत्यक्ष रुपमा लाभान्वित हुन थालेको छन् ।

आस्वा सेवा भएका बैंकहरु

5a7e7768e2e35.jpg 5a7e777047bcd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको