Like us!
Follow us!
Connect us!
Watch us!

सेवोनको नयाँ नियम : अध्यक्ष र प्रमुख कार्यकारी एउटै हुनुहुन्न

शुक्रबार, २६ माघ २०७४, १४ : ३५ मा प्रकाशित

सेवोनको नयाँ नियम : अध्यक्ष र प्रमुख कार्यकारी एउटै हुनुहुन्न

अर्थ संसार, काठमाडौँ– सरकारले कुनै पनि संस्थाको अध्यक्ष र प्रमुख कार्यकारीमा एकै व्यक्ति रहन नपाउने व्यवस्था गरेको छ ।

वित्तीय अनुशासन कायम गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले सूचीकृत संस्थाको संस्थागत सुशासन कायम गर्न जारी गरेको ‘संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४’ मा उक्त व्यवस्था गरेको हो ।

बोर्डका प्रवक्ता नीरज गिरीकाअनुसार कुनै पनि संस्थाको सञ्चालक पदमा बहाल रहेको अन्य कुनै संस्थाले लेखापरीक्षक, सल्लाहकार, कर्मचारी, बीमा सर्भेयर, बीमा दलाल, बीमा अभिकर्ता वा तेस्रो पक्ष सहजकर्ता भई कार्य गर्न नपाउने व्यवस्था गरिएको छ ।

आफूसँग वित्तीय स्वार्थ रहेको कुनै पनि कारोबारमा संलग्न नहुने, सञ्चालकले कुनै पनि प्रयोजनका लागि संस्थाको वित्तीय स्वार्थ रहेका शेयरधनी वा निजको एकाघर परिवारको स्वामित्वमा रहेको वा निजको फर्म तथा कम्पनीसँग घर भाडामा लिई कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ ।

बोर्डले सञ्चालकको आचरण शीर्षकमा भनेको छ ‘सञ्चालक नियुक्त भएको १५ दिनभित्र संस्थासँग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै करार गरेको वा गर्न लागेको भए सोको विवरण, निज वा निजको एकाघर परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको शेयरको विवरण समेत जानकारी गराउनुपर्नेछ ।’
आर्थिक जोखिमलाई न्यूनीकरण गर्न जोखिम व्यवस्थापन समिति गठन गर्नुपर्ने र त्यस्तो समितिमा संस्थाको जोखिम व्यवस्थापनको ढाँचा वा नीतिको पुनरावलोकन गर्ने काममा स्वतन्त्र सञ्चालकलाई समेत सहभागी गराउनुपर्नेछ ।

कम्पनीको पुँजीको सञ्चालन तथा व्यवस्थापनका विषयमा, कम्पनीका सञ्चालक, अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतलगायतको निजी स्वार्थ वा सरोकार बाँझिने गरी काम कारबाही गर्न नहुने, भ्रष्टाचार तथा आर्थिक अनियमितता नियन्त्रणका लागि आन्तरिक नियन्त्रण प्रणाली तयार पार्नुपर्ने उल्लेख छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको