Like us!
Follow us!
Connect us!
Watch us!

ताइवानमा शक्तिशाली भूकम्प सयौं हराएको आशंका (फोटोफिचर)

बुधबार, २४ माघ २०७४, १५ : ३७ मा प्रकाशित

ताइवानमा शक्तिशाली भूकम्प सयौं हराएको आशंका (फोटोफिचर)

अर्थ संसार, हुवालिन– ताइवानमा बुधबार विहान शक्तिशाली भूकम्प गएको समाचार छ । त्यसमा परी चार जनाको ज्यान गएको छ भने अरु २२५ जना नराम्ररी घाइते भएका बताइएको छ ।

भूकम्पमा परी अरु १४५ जना हराइरहेका छन् । साथै युनमेन नामक एक व्यापारिक भवनमा १४३ जना च्यापिएर रहेका छन् । उक्त व्यापारिक भवन आंशिक रुपमा भत्किएका कारण नागरिकहरु भवनको चेपुवामा परेका छन् ।

उनीहरुलाई उद्वारका लागि ठूलो संख्याका प्रहरीले प्रयास जारी राखेका बताइएको छ । अधिकारीहरुले भूकम्पपछिको उद्वारका लागि ठूलो संख्यामा सेना र प्रहरीसहितका उद्वारकर्मी खटाइएको बताएका छन् ।

बुधबार बिहान १०ः४० बजे आएको सो भूकम्प ६।५ रिक्टर स्केलको थियो । त्यस भूकम्पले ठूलो भौतिक क्षति पु¥याएको अनुमान गरिएको छ । तर अहिले उद्वारको कार्य जारी रहेकोले क्षतिको पूर्ण विवरण प्राप्त हुन सकिरहेको छैन ।

ताइवानमा यतिखेर विदेशी पर्यटकहरु जाने मौसम हो । त्यसैले भूकम्पमा पर्यटकहरु पनि परेको अनुमान गरिएको छ । अहिलेसम्मको सूचनाअनुसार पाँच जना विदेशी पर्यटक घाइते भएको पाइएको छ ।

उक्त भूकम्पपछिका कैयौँ पराकम्पहरुका कारण नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । उनीहरु घरभित्र नभएर सबैजना सडक तथा खाली चौरमा जम्मा भएर बसेका जनाइएको छ ।  रासस÷सिन्ह्वा

5a7acec539e6e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको