Like us!
Follow us!
Connect us!
Watch us!

सत्र बाणिज्य बैंकले गरे लाभांश घोषणा, कसको कति ?

सोमबार, २० मंसिर २०७३, १६ : ३३ मा प्रकाशित

सत्र बाणिज्य बैंकले गरे लाभांश घोषणा, कसको कति ?

अर्थ संसार
काठमाडौं–आर्थिक बर्ष सकिएको ५ महिना वित्न लाग्दा अहिलेसम्म १७  वटा बाणिज्य बैंकले मात्र लाभांश घोषणा गरेका छन् । बाणिज्य बैंकहरुले २०७४ असार मसान्तसम्म चुक्ता पूँजी ८ अर्ब पुर्याउनु पर्ने भएकाले अधिकांशले बोनस सेयर घोषणा गरेका छन् ।

सबैभन्दा बढी बोनस सेयर घोषणा गर्नेमा एभरेस्ट बैंक भएको छ । त्यसपछि सिद्धार्थ बैंकले ४८.७५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । उसको उक्त लाभांश भर्खरै २५ प्रतिशत हकप्रद भरेका सेयरधनीले समेत पाउने भएकाले खुद लाभांश ३९ प्रतिशत मात्र हुन आउँछ ।

बैंकहरुमध्ये सबैभन्दा थोरै लाभांश घोषणा गर्नेमा मेगा बैंक छ । मेगा लाभांश घोषणा गर्ने बैंकमध्ये स्थापना मितिका आधारमा कान्छो पनि हो । नेपाल इन्भेस्टमेन्ट बैंक र नविलले सेयरधनीलाई बोनस सेयरका अतिरिक्त नगद लाभांश पनि दिने भएका छन् । अझै एक तिहाइभन्दा बढी बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।   
 

58454f2e7dafe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको