Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रो पावरको नाफा ९० लाखमाथि

मंगलबार, २३ माघ २०७४, १२ : ०७ मा प्रकाशित

रिडी हाइड्रो पावरको नाफा ९० लाखमाथि

अर्थ संसार, काठमाडौं– रिडी हाइड्रोपावर डेभलपमेन्टले चालु आर्थिक वर्ष २०७३\७४ को दोस्रो त्रैमाससम्म ९० लाख ८६ हजार रुपैयाँ नाफा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २५ प्रतिशतले नाफा बढाएको हो ।

 कम्पनीले विद्युत विक्रीबाट एक करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष कम्पनीको आम्दानी एक करोड ४२ लाख रुपैयाँ थियो ।

 कम्पनीको चुक्ता पूँजी ४७ करोड २२ लाख रुपैयाँ छ भने जगेडा कोषमा ५ करोड ३९ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रति सेयर आम्दानी ७ रूपैयाँ छ ।

रिडीखोला आयोजनाको निर्माण सम्पन्न पश्चात कम्पनीले सहायक कम्पनी मार्फत धादिङ्ग जिल्लाको थाक्रे गाउँपालिकामा ५०० किलोवाट क्षमताको रैराङ जलविद्युत आयोजना संचालन गरिहेको छ ।

सोही कम्पनी मार्फत यस कम्पनीको व्यावस्थापनमा ताप्लेजुङ्ग तथा पाँचथर जिल्लाहरुको सीमाना भई बहने इवाखोला ९९०० किलोवाट क्षमतकौ इवाखोला जलविद्युत आयोजनाको निर्माण कार्य भइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको