Like us!
Follow us!
Connect us!
Watch us!

टेलिकमको वार्षिक आम्दानी रु ४४ अर्ब ५९ करोड

सोमबार, २२ माघ २०७४, २१ : २५ मा प्रकाशित

टेलिकमको वार्षिक आम्दानी रु ४४ अर्ब ५९ करोड

अर्थ संसार, काठमाडौं– सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ ।

कम्पनीले आव २०७३/०७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३९ करोड बढी हो । आव २०७२/०७३ मा रु ४४ अर्ब २० करोड आम्दानी गरेको कम्पनीको १४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।

यसैगरी, कम्पनीको खुद नाफामा १३ दशमलव ४२ प्रतिशतले वृद्धि भई आव २०७३/०७४ मा रु १५ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७३÷०७४ मा रु १०२ दशमलव ४९ पुगेको छ ।

यसवर्ष कम्पनीकै इतिहासमा पहिलो पटक वार्षिक साधारणसभाबाट आफ्ना शेयरधनीलाई २०७३/०७४ को लाभांश हालसम्मकै सर्वाधिक अर्थात प्रतिशेयर रु ५५ का दरले उपलब्ध गराउन सफल भएको छ ।

यसलाई कम्पनीको सफलताका रुपमा लिइएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बताउनुभयो ।टेलिकमले आव २०७३/०७४ रु २४ अर्ब ५४ करोड राजश्व बुझाएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको