Like us!
Follow us!
Connect us!
Watch us!
पैसा सकिएपनि फोन नकाटिने

टेलिकमले ल्यायो ‘नमस्ते क्रेडिट सेवा’

सोमबार, २२ माघ २०७४, १२ : १५ मा प्रकाशित

टेलिकमले ल्यायो ‘नमस्ते क्रेडिट सेवा’

अर्थ संसार,  काठमाडौं -नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ‘नमस्ते क्रेडिट सेवा’ सञ्चालनमा ल्याएको छ ।

नेपाल टेलिकमले आफ्नो १४ औं बार्षिकोत्सवको अवसरमा यस्तो सुविधा ल्याएको हो । सोमबार आयोजित बार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यो सेवा सुरुवात गरे । 

प्रिपेड कार्ड बाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि फोन काटिने छैन ।  यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ । सोमवारे यसको सफ्ट लञ्ज गरेको  छ ।

 रिर्चाजबाट पैसा काटिने

यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी छ । अर्थात् ग्राहकले पैसा सकिएपछि पनि कति बेरसम्म कुरा गर्न पाउने भन्ने विषय पूर्ण कार्यान्वयनमा आउनुअघि निर्धारण हुने भएको हो ।

ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको