Like us!
Follow us!
Connect us!
Watch us!

सि–आस्वा प्रणाली भनेको के हो ? यसबाट आइपिओ, एफपिओ, म्यूचुअल फण्ड र हकप्रद सेयर कसरी भर्ने ?

शुक्रबार, १९ माघ २०७४, १२ : २२ मा प्रकाशित

सि–आस्वा प्रणाली भनेको के हो ? यसबाट  आइपिओ, एफपिओ, म्यूचुअल फण्ड र हकप्रद  सेयर कसरी भर्ने ?

अन्लाईन सेवाको माध्यमबाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यमबाट सेयर आवेदन दिन सकिने  व्यवस्थालाई सि-आस्वा प्रणाली भनिन्छ ।

यो प्रणालीबाट सेयर आवेदन दिनको लागि लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सि-आस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनु पर्दछ ।

त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरि सफटवेरमा भेरिफिकेशन गरिदिने छ र लगानीकर्तालाई एउटा भेरिफिकेशन कोड नम्बर दिनेछ यहि कोड नम्बर प्रयोग गरि लगानीकर्ताले अब उप्रान्त बैंकमा नगईकन नै हरेक पटक आइपिओ (IPO), एफपिओ (FPO), म्यूचुअल फण्ड र हकपप्रद ( Right Share ) घरमै बसि– बसि भर्न सक्नेछ्न ।

सि-आस्वाबाट सेयर भर्नको लागि सर्वप्रथम तपाईहरुले तपाईंको बैंक खाता भएको बैंकमा गएर सि-आस्वाको लागि आवेदन दिनु पर्छ त्यस पछि बैंकले CRN ( company registration number) नम्बर उपलब्ध गराउँदछ ।

त्यस पछि DMAT भएको ब्रोकर वा बैंकमा गएर DMAT अन्लाईन सेवा लिनुहोस । अब मोबाईल वा कम्प्युटरमा गएर www.meroshare.cdsc.com.np हान्नुहोस र सुरुमा Dmat खोलेको संस्था IDPW हानी DMAT Login   गर्नुहोस ।

लगानीकर्ताले meroshare.cdsc.com.np  मा लगइन गरिसकेपछी My ASBA भन्ने फिचरमा क्लिक गरे पछि सफटवेयरले त्यहाँ IPO FPORight Share   खोलेका कम्पनीको नाम लिस्ट दिन्छ लगानीकर्ताले आफुले आवेदन दिन चाहेको कम्पनीको लिस्टमा apply गर्नुहोस्  ।

त्यस पछि एउटा फारम खुल्छ  त्यसको सुरुको कोठामा सेयर कित्ता हानुहोस अनि आफुले सि-आस्वा लिएको बैंकको नाम select  गर्नुहोस, अनि अन्तिम कोठामा crn नम्बर हानेर apply गर्नुहोस ।

त्यस पछि अर्को एउटा फारम खोल्नेछ त्यो फारम को अन्तिम कोठामा तपाईंको ईमेलमा Apply गरेको तुरुन्तै एउटा कोड नम्बर आउँछ त्यो कोड नम्बरलाई  copy  गरेरे ल्याएर त्यो अन्तिम कोठामा past  गर्नुहोस र अन्तिममा submit गर्नुहोस । त्यसपछि success भनेर  message आए पछि तपाईको IPO  FPO र Right share भरेको सफल भयो । यसरी घरमै बसि-बसि आइपिओ, एफपिओ, म्यूचुअल फण्ड र हकप्रद सेयरको लागि आवेदन दिन सक्नुहुनेछ ।

सेयर आवेदन गरिसके पछि heck application report मा क्लिक गर्नुहोस् त्यहाँ बैंकले खाताको रकम chek गरेर रोक्का नगरे सम्म unverified  भनेको हुन्छ खाताको रकम रोक्का गरेपछि मात्र verified हुन्छ ।

एक जना ब्यक्तिले एक पटकमा एउटा IPO तथा FPO  मा आवेदन दिन सक्छन् । सफटवेयरले लगानीकर्ताको सम्पुर्ण विवरणको रेकर्ड राख्ने हुनाले एक भन्दा बढी आवेदन दिन खोजेमा सफटवेयरले अटोमेटिक रूपमा त्यो आवेदन खारेज गरिदिन्छ । यसरी तपाईहरुले घरमै बसेर आइपिओ, एफपिओ, म्यूचुअल फण्ड र हकप्रद सेयरमामा सजिलैसँग आवेदन दिन सक्नुहुनेछ ।

राजु पौडेलको ब्लगबाट

 अहिलेसम्म सि-आस्वा सुबिधा भएका बैंकहरु :

5a7413897ee69.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको