Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए

बुधबार, १७ माघ २०७४, १५ : २४ मा प्रकाशित

प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए

अर्थ संसार, काठमाडौँ–  सामान्य प्रशासन मन्त्रालयले प्रदेशसभा र प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कर्मचारी खटाउने कार्य जारी राखेको छ ।

सातैवटै प्रदेशमा प्रदेशसभाको बैठक बस्न थालेकाले आवश्यक कर्मचारी खटाउन थालिएको हो । मन्त्रालयले अहिलेसम्म करिब पाँच सय कर्मचारी खटाइसकेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानले जानकारी दिनुभयो ।

खटिएकामध्ये चार सय प्रशासन र सय जना प्राविधिक तर्फका कर्मचारी रहेका छन् । मन्त्रालयले कर्मचारी समायोजन नहुँदासम्म अन्तरिम व्यवस्थाका लागि ती कर्मचारी खटाएको हो । कर्मचारी समायोजन भएपछि भने नयाँ कर्मचारी जानेछन् ।

“हामीले आवश्यक कर्मचारी दिनदिनै खटाइरहेका छौ” उहाँले भन्नुभयो–“कर्मचारीलाई आवश्यक हेरेर पटक ÷पटक खटाइएको छ ।’’ मन्त्रालयले प्रत्येक प्रदेशसभामा मुख्यमन्त्रीको कार्यालयका लागि २९ का दरले र मन्त्रालयमा २५÷२९ जनाका दरले कर्मचारी खटाउने भएको छ ।

उहाँका अनुसार प्रदेश सरकार सञ्चालनका लागि एक हजार ७७८ कर्मचारी आवश्यक छ । अझै करिब एक हजार दुई सय कर्मचारी प्रदेश सरकारमा खटाउन बाँकी छ । उहाँले अपुग कर्मचारीलाई आवश्यकता अनुसार दिनदिनै खटाइरहेको जानकारी दिनुभयो ।

प्रदेश प्रमुखको कार्यालयमा सचिव र मुख्यमन्त्रीको कार्यालयमा सहसचिवको नेतृत्वमा कर्मचारी टोली खटिएको छ । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत नवराज जैसीले प्रत्येक प्रदेशमा तीन जनाका दरले सहसचिव, ६ जनाको दरले उपसचिव र १० जनाका दरले शाखा अधिकृत खटिएको जानकारी दिनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको