Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन क्षेत्रमा वाणिज्य बैंकको कर्जा लगानी २ खर्ब १७ अर्ब, कुन बैंकको कति ?

अर्थ संसार

सोमबार, ०२ असार २०८२, १३ : ०३ मा प्रकाशित

पर्यटन क्षेत्रमा वाणिज्य बैंकको कर्जा लगानी २ खर्ब १७ अर्ब, कुन बैंकको कति ?

चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकहरूले पर्यटन सेवा क्षेत्रमा २ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० वैशाखसम्ममा २० वटा वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा कुल २ खर्ब १७ अर्ब ९४ करोड ४० लाख रुपैयाँ कर्जा प्रदान गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा यो रकम १ खर्ब ९४ अर्ब ५९ करोड ५८ लाख रुपैयाँ थियो। यसले देखाउँछ कि पर्यटन क्षेत्रमा बैंकहरूबाट कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि भएको छ।

कुन बैंकको कति ?

पर्यटन क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंक भनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हो, जसले चालु आर्थिक वर्षको वैशाखसम्म २२ अर्ब ९७ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.१३ प्रतिशतले बढी हो। दोस्रो स्थानमा प्रभु बैंक रहेको छ, जसले समीक्षा अवधिमा २१ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ कर्जा प्रदान गरेको छ, जुन अघिल्लो वर्षको १७ अर्ब ८९ करोड ७७ लाख रुपैयाँभन्दा २०.१० प्रतिशतले बढी हो।

तेस्रो नम्बरमा ग्लोबल आइएमई बैंक छ, जसले पर्यटन क्षेत्रमा कर्जा प्रवाह १५ अर्ब ८२ करोड ४९ लाखबाट २० अर्ब ७३ लाख रुपैयाँमा २६.४६ प्रतिशतले वृद्धि गरेको छ।

त्यस्तै, अन्य बैंकहरूले पनि पर्यटन क्षेत्रमा उल्लेखनीय कर्जा प्रवाह गरेका छन्। प्राइम कमर्सियल बैंकले १९ अर्ब २७ करोड ४२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १७ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ, कुमारी बैंकले १६ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ, हिमालयन बैंकले १२ अर्ब ३५ करोड २८ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ११ अर्ब ७६ करोड ८१ लाख रुपैयाँ र नबिल बैंकले ११ अर्ब ६ करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा प्राइम कमर्सियल बैंकको कर्जा १६.३८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २३.१९ प्रतिशत, कुमारी बैंकको १६.९४ प्रतिशत, हिमालयन बैंकको १०.११ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ६.५४ प्रतिशतले वृद्धि भएको छ भने नबिल बैंकको कर्जा ३.९७ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको वैशाखसम्म अन्य बैंकहरूले पनि पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेका छन्। एनएमबि बैंकले ९ अर्ब ९१ करोड ५८ लाख रुपैयाँ, नेपाल बैंकले ९ अर्ब ५६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ७ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ७ अर्ब ८ करोड ८६ लाख रुपैयाँ, कृषि विकास बैंकले ६ अर्ब ८६ करोड १४ लाख रुपैयाँ, सानिमा बैंकले ६ अर्ब २९ करोड ५५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ५ अर्ब ४२ करोड ९ लाख रुपैयाँ, एभरेष्ट बैंकले ५ अर्ब २३ करोड ४ लाख रुपैयाँ र सिटिजन्स बैंकले ४ अर्ब २ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यी सबै बैंकहरूको कर्जा लगानी गत वर्षको तुलनामा वृद्धि भएको छ।

यस्तै, एनआईसी एसिया बैंकले २ अर्ब ८८ करोड ८८ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ७ करोड ६८ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा यी दुई बैंकको कर्जा लगानी घटेको छ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको