Like us!
Follow us!
Connect us!
Watch us!

लघुबिमा जारी गर्न जीवन बिमा कम्पनी सक्रिय

विहीबार, ११ माघ २०७४, ०८ : १६ मा प्रकाशित

लघुबिमा जारी गर्न जीवन बिमा कम्पनी सक्रिय

अर्थ संसार, काठमाडौं– सरकारले अनिवार्य गरेको लघुबिमा योजना सञ्चालन गर्न जीवन बिमा कम्पनीहरू सक्रिय देखिएका छन् ।

बिमा समितिको तथ्यांकअनुसार हालसम्म १३ कम्पनीले ९पुलबाहेक० १ लाख ३३ हजार ८ सय ८० लघुबिमा जारी गरेका छन् । ९ वटा जीवन बिमा कम्पनीमध्ये ७ कम्पनीले लघुबिमा जारी गरेका छन् भने १७ निर्जीवन कम्पनीमध्ये जम्मा ६ वटा कम्पनीले लघुबिमा जारी गरेका छन् ।

कम्पनीले ११ अर्ब ७ करोड बिमांक बराबरको लघुबिमा योजना जारी गरेका छन् । जसबापत कम्पनीहरूले १४ करोड ४८ हजार रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । उक्त अवधिमा कम्पनीहरूमा ५ सय ५१ वटा दाबी बराबर ४ करोड ९१ लाख रुपैयाँ कम्पनीहरूले भुक्तानी गरेका छन् ।

कम्पनीहरूले जारी गरेको कुल बिमा योजनामध्ये जीवन बिमा कम्पनीको संख्या ९८ प्रतिशत रहेको छ । कम्पनीहरूले १ लाख ३२ हजार ३७ वटा योजना जारी गरेका छन् । त्यस्तै, जीवन बिमा कम्पनीहरूले १० अर्ब ४२ करोड रकम बराबरको लघुबिमा व्यवसाय गरेका छन् । जसबाप कम्पनीहरूले १४ करोड ४५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

जीवन बिमा कम्पनीहरूले जारी गरेको सावधिक जीवन बिमाअन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बिमा योजना जारी गरेको छ । सो अवधिमा कम्पनीहरूले जारी गरेको १३ हजार ८ सय ३३ सावधिक जीवन बिमामध्ये नेपाल लाइफले ९ हजार ५० वटा बिमालेख जारी गरेको छ ।

त्यस्तै, कम्पनीहरूले १ लाख १८ जार २०४ वटा म्यादी जीवन बिमा योजना जारी गरेका छन् । जसमध्ये नेशनल लाइफ इन्स्योरेन्सले मात्रै ९५ हजार १९२ वटा बिमा योजना जारी गरेको तथ्यांकले देखाएको छ ।

निर्जीवन बिमा कम्पनीहरूले लघुबिमाअन्तर्गत गार्हस्थ्य, दुर्घटना र स्वास्थ्य बिमा योजना जारी गरेका छन् । गार्हस्थ्य लघुबिमाअन्तर्गत १ सय ३२ वटा योजना जारी भएको छ ।

उक्त योजनामध्ये शिखर इन्स्योरेन्स १ सय १ योजना जारी गरेको छ । त्यस्तै, २७ वटा स्वास्थ्य बिमा योजना जारी भएको छ । जसमध्ये सिद्धार्थ इन्स्योरेन्सले २३ वटा जारी गरेको छ । १ हजार ६ सय ४८ दुर्घटना बिमा योजना जारी भएको छ । जसमध्ये शिखर इन्स्योरेन्स १ हजार ६ सय ६० बिमा योजना जारी भएको छ ।

त्यस्तै, निर्जीवन बिमा कम्पनीहरूले लघुबिमा जारी गरेको पुलमार्फत ७८ वटा लघुबिमा योजना जारी गरेका छन् ।

नेपाल विमक संघको व्यवस्थापनमा सञ्चालित लघुबिमा पुलले कात्तिक १५ देखि पुससम्ममा ६६ वटा व्यक्तिगत दुर्घटना लघुबिमा जारी गरेका छन् । त्यस्तै, १० वटा लघु स्वास्थ्य बिमा र २ वटा लघु व्यवसाय बिमा जारी भएको छ ।

कम्पनीहरूले हालसम्म बनेपा, चौतारा र पाँचखालमा मात्रै लघुबिमा योजना जारी गरेका छन् । जसमध्ये बनेपामा छिमेक लघुवित्तमार्फत ४० वटा योजना जारी गरिएको छ ।

त्यस्तै बनेपामा नै डिप्रोक्स लघुवित्तमार्फत २५ वटा बिमा योजना जारी गरिएको छ भने चौतारामा स्वाबलम्बन लघुवित्तमार्फत ५ बिमालेख जारी गरिएको छ । त्यस्तै, पाँचखालमा पनि स्वाबलम्बनमार्फत नै ४ वटा योजना सञ्चालन गरिएको छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको