Like us!
Follow us!
Connect us!
Watch us!

काबुलको पाँचतारे होटलमा आक्रमण, छ जनाको मृत्यु, होटलका पाहुनाको उद्वार गरिँदै

आइतबार, ०७ माघ २०७४, १२ : ४५ मा प्रकाशित

काबुलको पाँचतारे होटलमा आक्रमण, छ जनाको मृत्यु, होटलका पाहुनाको उद्वार गरिँदै

अर्थ संसार, काबुल– अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा ताबिानहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको समाचार छ ।

अफगान गृह मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार शनिबार राति गरिएको सो आक्रमणमा परी अरु छ जना घाइते भएका छन् भने १०० जनालाई भने उद्वार गरिएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्टर कन्टिनेन्टल नामको सो पाँचचारे होटलमा विस्फोटक पदार्थ जडित ज्याकेट (आत्मघाती ज्याकेट) लगाएका र हातहतियारहरु लिएका चारजना तालिबान आतङकबादीले आक्रमण गरेको जनाइएको छ ।

उनीहरुले शनिबार राति इन्टरकन्टीनेन्टल होटलमा आक्रमण गर्दा त्यहाँ कैयाँ विदेशी पर्यटक पनि रहेका थिए ।

आइतबार विहानसम्म पनि छिटफुट रुपमा बन्दुक पड्काईएको आवाज सुनिएको थियो भने होटलको धुरीबाट धुवाँको मुस्लो समेत देखिएको समाचारमा जनाइएको छ ।

आतङ्ककारीहरुले सो होटलमा हमला सुरु गरेपछि उनीहरुलाई प्रहरीले घेरा हालेको थियो । प्रहरीको कारबाहीमा आक्रमणकारी नै मारिएका छन् ।

त्यस्तै मारिनेमा पाँच जना अफगान र एक विदेशी पर्यटक परेका छन् । मारिएकामा चार आत्मघाती आक्रमणकारी, एकजना अफगान नागरिक र अर्का एकजना विदेशी पर्यटक परेका यहाँका प्रहरी अधिकारीले पुष्टी गरेका छन् ।

“आतङ्कबादीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले जवाफी आक्रमण गरेका थिए,” गृह मन्त्रालयका प्रवक्ता नाजीब डानीशले स्थानीय सञ्चारमाध्यमसँग भन्नुभयो ।

आतङ्कबादीहरुको नियन्त्रणमा के कति मान्छे छन् या छैनन् भन्ने बारेमा केही स्पष्ट हुन नसकेको अधिकारीहरुले बताएका छन् । घटनास्थलमा कुनै सञ्चारकर्मी तथा आम मान्छेलाई जान दिइएको छैन ।

एम्बुलेन्सहरुलाई पनि घटनास्थलमा जान नदिएर होटल नजिकै लाईनमा राखिएको छ । घटनाका कारण पश्चिमी छिमेकी सहरहरुमा ट्राफिक जाम परेको छ ।

सो होटललाई प्रहरीले घेरा हालेको छ । भित्रबाट अहिले पनि सनातिना विस्फोटका आवाज आइ नै रहेको बताइएको छ ।

आतङ्ककारीले होटलका पहुनाहरुलाई नियन्त्रणमा लिएर बन्धक बनाएर राखेको हो कि भन्ने बारेमा पनि प्रहरीले अहिले नै केही भन्न सकिरहेको छैन । तर अहिले घटनास्थल भने पूर्ण रुपमा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको बताइएको छ ।  रासस÷सिन्ह्वा

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको