Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी र साञ्जेनको आइपिओ आउँदै , पुस २० सम्मका कर्मचारीले आवेदन दिन पाउने (व्यवस्थासहित)

आइतबार, ०७ माघ २०७४, १२ : १६ मा प्रकाशित

रसुवागढी र साञ्जेनको आइपिओ आउँदै , पुस २० सम्मका कर्मचारीले आवेदन दिन पाउने (व्यवस्थासहित)

अर्थ संसार, काठमाडौं - रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण सेयरमा २०७४ साल पुस २० गतेसम्म बहाल रहेका कर्मचारी तथा सञ्चयकर्ताले आवेद न दिन पाउने भएका छन् ।

ती दुई कम्पनीको साधारण सेयर बिक्री गर्ने तयारी भइरहेको बेला सबै कर्मचारी तथा सञ्चयकर्तालाई सहभागी गराउने लक्ष्यका साथ सो समयावधी तोकिएको हो ।

तोकिएको कार्यविधिअनुसार कोषका कर्मचारीहरुले न्यूनत्तम ५० कित्ता तथा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकत्तम ५०० कित्ता सेयरमा आवेदन दिन सक्नेछन् ।

 २०६८ साल मंसिर २२ गतेसम्म बहाल रहेका र विवरणपत्र स्वीकृत मिति २०७४ पुस २० सम्म थप भएका कर्मचारी, सञ्चयकोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्ला समन्वय समिति र गाँउपालिकाका कर्मचारीले सेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।  

तोकिएको कार्यविधिअनुसार कोषका कर्मचारीहरुले न्यूनत्तम ५० कित्ता तथा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकत्तम ५०० कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । तर कोषका कर्मचारीले भने न्यूनत्तम ५० कित्ता तथा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकत्तम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

रसुवागढी हाइड्रो पावर कम्पनीले १०० अंकित दरको १ करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण सेयर जारी गर्न लागेको छ । यस्तै साञ्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको छ । केही समयभित्रै ती साधारण सेयरको बिक्री खुल्ला गर्ने तयारी गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको