Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको एफपिओ माघ १५ गतेदेखि बजारमा

आइतबार, ०७ माघ २०७४, ११ : २९ मा प्रकाशित

बुटवल पावरको एफपिओ माघ १५ गतेदेखि बजारमा

अर्थ संसार, काठमाडौ – नेपाल सरकारको समेत सेयर स्वामित्व रहेको बुटवल पावर कम्पनीको एफपिओ यही माघ १५ गतेदेखि बिक्री गर्ने भएको छ ।

कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी १०० रुपैयाँ अंकित दरका शेयरमा ४०१ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ५०१ रुपैयाँका दरले एफपिओ जारि गर्न लागेको हो । एफपिओ जारी गर्ने सम्बन्धमा कम्पनीले आज आह्वानपत्र सार्वजनिक गरेको छ ।

कम्पनीको चुक्ता पूँजी  १ अर्ब ८१ करोड ५ लाख ७२ हजार रहेको छ । एफपिओ जारी भएपछि कम्पनीको पूँजी २ अर्ब २१ करोड ८६ लाख ७२ हजार पुग्नेछ ।

कम्पनीको एफपिओमा  माघ १९ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले ४० करोड ८१ लाख बराबरको एफपिओ बिक्री गर्ने जनाएको छ । कम्तिमा १० कित्ता र अधिकतम २० हजार ४०० कित्तासम्म आवेदन दिन सकिने छ ।

 कम्पनीको निस्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड र सह बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको