Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्यामाई हाइड्रोपावरको आइपिओ आजदेखि विक्री खुल्ला, यहाँबाट आवेदन दिनुहोस्

शुक्रबार, ०५ माघ २०७४, ०५ : ०० मा प्रकाशित

पञ्चकन्यामाई हाइड्रोपावरको आइपिओ आजदेखि विक्री खुल्ला, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं– पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले आजदेखि साधारण सेयर (आइपिओ) विक्री खुल्ला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) जारी गरेको हो । कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ निष्कासन गरेको छ ।

एक सय रुपैयाँ अंकित मूल्यमा कम्पनीको आइपीओमा न्युनतम २० र अधिकतम ५ हजार ५ सय कित्तासम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । उक्त आइपीओमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गरेको आपीओ मध्ये सन्दकपुर गाउँपालिकाका स्थानियबासिन्दालाई ६ करोड ६ लाख रुपैयाँ बराबरको ६ लाख ६ हजार र इलाम नगरपालिकाका बासिन्दालाई ४ करोड ४० लाख रुपैयाँ बराबरको  आवेदन दिन पाउनेछन् ।

कहाँबाट आवेदन दिने ?

 कम्पनीले सेयर  निष्कासन तथा बिक्रीप्रवन्धक सनराइज क्यापिटल नियुक्र गरेको छ । आवेदन सनराईज बैंकको इलाम शाखा, सन्दक गाउँपालिकाको कार्यालय, देउराली, पञ्चकन्यामाई हाइड्रोपावरको साइट कार्यालय माबु र प्रभु बैंक इलाम शाखबाट आवेदन दिन सकिनेछ

यसैगरी स्थानियबासिन्दाको आइपीओ बाँडफाँडपछि सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । सेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री र हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको सनराइजले जनाएको छ । कम्पनीले इलाममा ६ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको