Like us!
Follow us!
Connect us!
Watch us!

राधीको आइपीओ बाँडफाँट: ७१ हजार १०२ जनाको हातमा १० कित्ता, ९५ हजार २ सय १४ जनाको हात खाली

बुधबार, ०३ माघ २०७४, ११ : ०२ मा प्रकाशित

राधीको आइपीओ बाँडफाँट:  ७१ हजार १०२ जनाको हातमा १० कित्ता, ९५ हजार २ सय १४ जनाको हात खाली

 

अर्थ संसार, काठमाण्डौ - राधी विद्युत कम्पनी लिमीटेडले सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओको बाँडफाँड भएको छ ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडका अनुसार ७ करोड ६४ लाख मूल्यको आइपीओ खरीदका लागि १ लाख ६६ हजार ३ सय १७ जनाले आवेदन दिएका थिए ।

आवेदकमध्ये ७१ हजार १ सय २ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । आवेदन दिएका ९५ हजार २ सय १४ जना हिस्स परेका छन् । परेका आवेदनमध्ये १३२७ आवेदन विविध कारणले रद्ध गरिएको बताइएको छ ।

यो कम्पनीले ७ लाख ६४ हजार ५ सय ५० कित्ता आइपीओ पुस ३ देखि ६ गतेसम्म निश्कासन गरेको थियो ।

यो कम्पनीले निश्कासन गरेको आइपीओमध्ये १५ हजार २ सय ९१ कित्ता आफ्ना कर्मचारीका लागि र ३८ हजार २ सय २८ कित्ता अस्तित्वमा रहेका सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरिएको छ । यसको अर्थ सर्वसाधारणका लागि कुल ७ लाख ११ हजार ३१ कित्ताबाट भएको हो ।

यो कम्पनीले गत बैशाख ५ देखि जेठ ३ गतेसम्म आयोजना प्रभावित लमजुङ जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख १० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, सो क्रममा १ लाख ४९ हजार ५ सय ५० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको यो कित्ता पनि यसपटककै निश्कासनमा समावेश गरिएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार ८ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो ।  

रादी विद्युत कम्पनी लिमीटेडले लमजुङमा ४.४० मेगावाट क्षमताको साना रादी जलविद्युत आयोजना संचालन गरिरहेको छ ।

आइपिओ पर्यो कि परेन कसरी हेर्न ?

आइपिओ आवेदन गर्ने लगानीकर्ताले आफूलाई पर्यो कि परेन कसरी हेर्ने त ? यसका लागि हामीले आइपिओ रिजल्टको PDF राख्ने छौँ । यहाँबाट सहज रुपले लगानीकर्ताले हेर्न सक्नुहेनछ । यसको  ताजा  रिजल्ट हेर्नको लागि अर्थ संसारलाई लाईक गर्नु गर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको