Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम अगाडि बढ्दै तराई जोड्ने द्रुर्तमार्ग

मंगलबार, ०२ माघ २०७४, १३ : ०१ मा प्रकाशित

धमाधम अगाडि बढ्दै तराई जोड्ने द्रुर्तमार्ग

 

अर्थ संसार, काठमाडौं – सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको काठमाडौँ तराई मधेश द्रूतमार्ग निर्माणको कामले गति लिएको छ ।

सरकारले सो आयोजना निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएको छ । सेनाले हाल आयोजना निर्माणको कामलाई युद्धस्तरमा अगाडि बढाएको छ ।

सेनाले  पहिलो चरणमा बारामा पर्ने जंगलको रुख कटान र घाटगद्दीको कामलाई अन्तिम चरणमा पुर्याएको छ ।

राजधानी काठमाडौलाई तराईसँग जोडने सबभन्दा छोटो दुरीको यो मार्ग निर्माण गर्न तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले नेपाली सेनालाई जिम्मा दिएको थियो ।

  पहिलो चरणको कार्य अन्तर्गत सेनाले एक महिना नबित्दै बारामा पर्ने झण्डै साढे आठ किलोमिटर जंगलको रुख कटान, छपान घाटगद्दी र बाटो सम्याउने कार्य सम्पन्न गरेको जनाएको छ ।

द्रुत मार्ग निर्माणका लागि २०६७ सालमा सेनाले ट्रयाक खोलेपछि सुस्त बनेको यो मार्ग छिटो निर्माण गर्न दबाव बढेपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले गत  जेठ १४ गते निर्माण सिलान्यास गरी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गरेसँगै निर्माण कार्यले गति लिएको हो ।

 निर्माण कार्यले गति लिएसागै यहााका सर्वसाधारण र युवाहरु उत्साहित बनेका छन् ।

कुल ७६ दशमलव दुई किलोमिटर दुरीको द्रुतमार्ग निर्माण कार्यलाई छिटो सम्पन्न गराउन नेपाली सेनाले विभिन्न दश स्थानमा जनशक्ति र प्रबिधि परिचालन गरेको छ ।

निर्माण कार्यका लागि नेपाली सेनाले खरिद गरेको ४५ वटा ट्रिपरसँगै लोडर डोजर जस्ता भौतिक मेशिनहरु पनि धमाधम आयोजना स्थलमा आइपुगेको  नेपाली सेनाका सहायक रथी भरतबहादुर खड्काले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको