Like us!
Follow us!
Connect us!
Watch us!

देवघाटस्थित त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर वृद्धको मृत्यु

सोमबार, ०१ माघ २०७४, १७ : ५९ मा प्रकाशित

देवघाटस्थित त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर वृद्धको मृत्यु

अर्थ संसार, रत्ननगर, चितवन– भरतपुर महानगरपालिका वडा नं १ देवघाट स्थित माघी मेलामा नुहाउने क्रममा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।

मृत्युहुनेमा चितवन रत्ननगर नगरपालिका वडा नं ३ का ७८ वर्षीय पदमनाथ अधिकारी रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

देवघाटस्थित झोलुंगे पुलमुनि त्रिशूली नदीमा नुहाउने क्रममा अचानक ढुंगाबाट चिप्लिएर अधिकारी त्रिशूली नदीमा खसेको प्रहरीले बताएको छ ।

घटनास्थलबाट करिब ३०० मिटर तल त्रिशूली र कालीगण्डकीको संगम बेनीमा बगाइरहेको देखेपछि सुरक्षामा खटिएको टोलीले उनको उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको