Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली मुद्रण उद्योगमा २५ अर्ब लगानी, २ हजारभन्दा बढी उद्योग

शुक्रबार, १७ मंसिर २०७३, १० : ०१ मा प्रकाशित

नेपाली मुद्रण उद्योगमा २५ अर्ब लगानी, २ हजारभन्दा बढी उद्योग

अर्थ संसार
काठमाडौं–नेपाली मुद्रण उद्योगलाई समयानुकूल बनाउदै अघि बढ्नु पर्ने मुद्रण व्यवसायीहरुले बताएका छन् । उनीहरुले नयां प्रविधी अति आवश्यक भएका अबस्थामा विभिन्न कारणले भित्र्याउन नसकिएको बताए । 

नेपाल मुद्रण उद्योग महांसंघको संयोजन तथा मिडिया प्रमोशन जर्मनीको आयोजनामा बिहिबार काठमाडौंमा आयोेजना गरिएको छापा माध्यम व्यवस्थापन सम्मेलनमा बोल्दै नेपाली मुद्रण व्यवसायीहरुले यस्तो धारणा राखेका हुन् ।

नेपालमा २ हजारभन्दा बढी मुद्रण उद्योगहरु सञ्चालनमा छन् । उनीहरुले अत्याधुनिक प्रविधि प्रयोग गर्न नसकिरहेको सन्र्दभमा आयोजना गरिएको यस कार्यक्रमबाट नेपाली मुद्रण उद्योगीहरु लाभान्वित हुने नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष माधव केसीले बताए ।

‘जर्मनीमा निर्मित प्रेस मेसिन र त्यसको प्रविधीबारे जान्न यो सम्मेलन सहयोगी भएको छ,’ उनले भने । केसीका अनुसार नेपालमा मुद्रण उद्योगमा २५ अर्बभन्दा बढी लगानी भईसकेको छ । राज्यले मुद्रण उद्योग मैत्री नीति नल्याउदा छपाईका नाममा बार्षिक कराडौंको बजेट बाहिरिएको केसीको तर्क छ ।

कार्यक्रममा प्रिन्ट प्रमोशनको बारेमा जानकारी गराउदै प्रिन्ट प्रमोशन जर्मनीका प्रबन्ध निर्देशक डा. इ मार्कस हिरीले आफूहरु नेपाललगायत दक्षिण एशियाका देशमा नयां प्रविधि बारे उद्योेगीहरुलाई जानकारी गराउन आएको बताए । 

त्यस अवसरममा जर्मनमा निर्मित पोलार नामक छपाई मेसिनका बारेमा जानकारी दिंदै पिटर रेगोले छपन्न ईको मोडलको मेसिनको २० हजार युरो, ६६ ईको मोडलको मेसिनको २४ हजार युरो र ८० ईको मोडलको मेसिनको ३० हजार युरो मूल्य रहेको बताए । पोलार प्रबिधी दक्षिण एशियाका भारत र श्रीलंकामा मात्र भित्रिएको उनले जनाकारी दिए । 

यस प्रविधिको प्रयोगबाट विभिन्न देशका पार्सपोर्ट, नोटलगायत शुरक्षासम्बन्धी कागजात प्रिन्ट गरिएको प्रिन्ट प्रमोशन टोलीका सदस्य बस्टिन डे विन्टरले जानकारी दिए । यसबाट छिटो तथा गुणस्तरिय काम गर्न सकिने उनको भनाइ थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको