Like us!
Follow us!
Connect us!
Watch us!

कानूनबमोजिम वैदेशिक ऋण भित्रयाएको जिकिर

सोमबार, ०१ माघ २०७४, १७ : ३६ मा प्रकाशित

कानूनबमोजिम वैदेशिक ऋण भित्रयाएको जिकिर

अर्थ संसार, काठमाडौँ– मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले आफूले सरकारका निकायबाट तत्कालीन प्रचलित कानूनबमोजिम वैदेशिक ऋण लगानी भित्रयाएको जिकिर गर्नुभएको छ ।

यहाँ आज पत्रकार सम्मेलन गरी उहाँले सबै रकम बैंकिङ च्यानलबाट पारदर्शी ढङ्गले ल्याएको र ल्याउने क्रममा वैदेशिक ऋण र लगानीबारे सम्बद्ध सरकारी निकायलाई तत्कालै जानकारी गराएको बताउनुभयो ।

विसं २०७० मा कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र आफूबीच जग्गाको कारोवार भएको र कारोवारको एक वर्षपछि कान्तिपुर ग्रुपले आफूविरूद्ध निराधार समाचार प्रकाशन एवं प्रसारण गरेको आरोप लगाउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको