Like us!
Follow us!
Connect us!
Watch us!

सपथ खाँदै नवनिर्वाचित सदस्यले भने – ‘हाम्रो कार्यकाल भित्र जनता बैंक देशकै अग्रणी बैंक बन्छ ’

आइतबार, ३० पुस २०७४, १८ : २० मा प्रकाशित

सपथ खाँदै नवनिर्वाचित सदस्यले भने –  ‘हाम्रो कार्यकाल भित्र जनता बैंक देशकै अग्रणी बैंक बन्छ ’

अर्थ संसार, काठमाडौं–जनता बैंक नेपाल लिमिटेडका नवनिर्वाचित सदस्यहरुले आइतबार   नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममाझ गभर्नर डा.चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् ।

पुस २९ गते सम्पन्न साधारणसभाबाट संस्थापकतर्फ केशवबहादुर रायमाझी, लंकबहादुर केसी र राम बहादुर भण्डारी तथा सर्वसाधारणतर्फबाट संजिव न्यौपाने, गौतम प्रसाद खनाल र विनित कुमार अग्रवाल  संचालक पदमा निर्विरोध निर्वाचित भएका थिए ।

आइताबार नै जनता बैंकमा आयोजित एक कार्यक्रममा २०७४ पुस २८ गते सम्पन्न बैंकको आठौं वार्षिक साधारणसभाबाट निर्वाचित संचालकहरु लङ्कबहादुर के.सी., रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, विनितकुमार अग्रवाल र संजिव न्यौपानेलाई संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले सपथ ग्रहण गराएका बैंकले जनाएको छ । नवनिर्वाचित सदस्यहरुले सपथ खाँदै आगामि ५ वर्षभित्र जनता बैंक देशकै अग्रणी बैंक बनाउने बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको