Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको साधारणसभा आज, लाभांश पारित हुँदै

आइतबार, ३० पुस २०७४, ०९ : ०५ मा प्रकाशित

अपि पावरको साधारणसभा आज, लाभांश पारित हुँदै

अर्थ संसार, काठमाडौं -अपि पावर कम्पनी लिमिटेडले कम्पनीको १४ औं वार्षिक साधारणसभा (आज) आईतबार थापाथली स्थित कार्की ब्याङ्केटमा हुँदैछ ।

कम्पनीले चौधौं वार्षिक साधारणसभाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर (कर बाहेक) पारित हुनेछ ।

अपी पावर कम्पनी लिमिटेडले ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना संचालन गरिरहेको छ भने ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना २०७४ चैत्र मसान्त भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएर कार्य गरिरहेको छ ।

यस कम्पनीलाई नेपाल विद्युत प्राधिकरणले खुल्ला टेण्डर प्रकृया बाट निष्कासन गरेको १८ मे.वा.क्षमताका ८ स्थानमा सोलार उर्जा उत्पादन गर्ने अनुमति प्राप्त भएको छ ।

कम्पनीको उक्त सोलार आयोजनाहरुको विद्युत खरिद विक्रि सम्झौता हुने क्रममा रहेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुबाट १ः२ को अनुपातमा हकप्रद सेयर निश्कासन गरी सिद्धकाली पावर लिमिटेडले निर्माण गर्ने त्रिशुली गल्छि आयोजना र सोलार आयोजनाहरुमा लगानी गर्ने योजना पारित गरेको जनाईएकोछ ।

अपि पावर एउटा सफलताको नाम 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको