Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर एउटा सफलताको नाम

शनिबार, २९ पुस २०७४, २० : ०६ मा प्रकाशित

अपि पावर एउटा सफलताको नाम

जलविद्युत् उत्पादनमा लाग्नेहरुले सहज र सरल स्थानको खोजी गर्छन । सकेसम्म सडक पुगेका, प्रसारण लाइनको पहुँच पुगेका स्थानमा नै आयोजना निर्माण गर्ने र छिटो भन्दा छिटो मुनाफा हासिल गर्ने उनीहरुको ध्यान हुन्छ ।

मोटर बाटो पनि असाध्यै कठिनाईका साथ पुगेको, प्रसारण लाइनको समेत अभाव भएको स्थानमा आयोजना बनाउने भन्ने कुरा सहज थिएन । त्यो एउटा अप्ठ्यारो काम थियो । सायदै मान्छेहरुको सोच भन्दा बाहिरको कुरा थियो । तर अप्ठ्यारो ठाँउमा नै काम गर्न चाहनेहरुका लागि भने त्यस्ता स्थान नै अवसर बन्दो रहेछ ।

हामीलाई अप्ठ्यारोसँग जुध्ने साहस थियो । मनमा आँट थियो, नेपालको जलविद्युत् क्षेत्रमा केही गर्ने इच्छा पनि थियो ।

तर अप्ठ्यारो ठाँउमा नै अवसर खोज्ने काममा अपि पावर लागिपर्यो । नेपालको जलविद्युत् क्षेत्रमा एउटा पायनियर कम्पनीको रुपमा स्थापित अपि पावरले दार्चुलामा आयोजना बनाउन जाँदा धेरैले लौ गलत काम भयो, त्यस्तो अप्ठ्यारो भूगोलमा कसरी आयोजना निर्माण हुन सक्छ भनेको स्मरण गर्नुहुन्छ अपि पावरका प्रमुख सञ्जिव न्यौपाने ।

हामीलाई अप्ठ्यारोसँग जुध्ने साहस थियो । मनमा आँट थियो, नेपालको जलविद्युत् क्षेत्रमा केही गर्ने इच्छा पनि थियो ।

दार्चुलाको अपि हिमालको फेदमा जलविद्युत् आयोजना बनाउने विषय सामान्य मान्छेको सोच भन्दा बाहिरको कुरा थियो ।

नेपालको ऊर्जा क्षेत्रमा अप्ठ्यारो र दुगर्म क्षेत्रबाटै योगदान दिन सकिन्छ भन्ने उत्कट चाहना पनि थियो । मानिसहरुले असम्भव ठानेको र असजिलो मानेको स्थानमा नै हामीले आफ्नो काम गर्यौ । आज ति दिन सम्झदा पनि एउटा राम्रै काम गरिएछ भन्ने लाग्छ ।

दार्चुलाको अपि हिमालको फेदमा जलविद्युत् आयोजना बनाउने विषय सामान्य मान्छेको सोच भन्दा बाहिरको कुरा थियो ।

हाम्रो टिमको मेहनत, इन्जिनियर, प्राविधिक, सेयरधनी तथा निर्माण कार्यमा संलग्न हरेक मजदुरको मेहनतले हामीलाई आयोजना बनाउने प्रेरणा मिलेको थियो । कतिपय काम पैसा भएर पनि गर्न सकिने हुँदैन । तर हामीले मेहनतलाई जोखिमसँग मिलायौ र अपि पावर जन्मायौ न्यौपाने ती दिन स्मरण गर्नुहुन्छ ।

मलाई साँच्चै गौरवको अनुभव हुन्छ, हामीले त्यो दुर्गमा निर्माण गरेको जलविद्युत् आयोजनाले आज मुलुकको उज्यालोको लागि योगदान दिएको छ । हामीले हाम्रा सेयरधनीलाई धेर थोर खुसी राख्न पनि सकेका छौ ।

दार्चुलाको चिसोमा कयौ रात हामी विजुली खोज्दै बस्यौ, कयौ रात चिसोसँग सिगौरी पनि खेल्यौ । कयौ दिन भोकै पनि काम गर्यौ, कयौ दिन ढुंगाको शिरानी हालेर पनि बस्यौ ।

मलाई साँच्चै गौरवको अनुभव हुन्छ, हामीले त्यो दुर्गमा निर्माण गरेको जलविद्युत् आयोजनाले आज मुलुकको उज्यालोको लागि योगदान दिएको छ । हामीले हाम्रा सेयरधनीलाई धेर थोर खुसी राख्न पनि सकेका छौ ।

धमाधम अरु आयोजनाहरु पनि बन्दैछन् । छन् । हामी निरन्त्र प्रयत्नमा छौ । सबैलाई खुसी तुल्याएर संस्थालाई समुन्न्त बनाउने हाम्रो अभियान जारी छ  न्यौपाने खुसीको प्रवाह गर्नुहुन्छ ।

नेपालको जलविद्युत् क्षेत्रको महत्वपूर्ण र धेरै प्रतिफल दिन सफल अपि पावर कम्पनीले साधारणसभाका लागि बुक क्लोज गरेको छ ।

कम्पनीले  पुस ३० गते वार्षिक साधारणसभा बोलाएको छ । नेपाल स्टक एक्चेन्जमा  कम्पनीले सूचना दिएर बुक क्लोज यसअघि नै गरिसकेको छ ।

वार्षिक साधारणसभाबाट सेयर धनीलाई महत्वपूर्ण अफर सार्वजनिक गर्ने तयारीमा रहेको अपि पावर कम्पनी नेपालको प्रख्यात उल्लेख्य प्रतिफल दिन सफल कम्पनी हो ।

सो कम्पनीले सेयरधनीलाई हालसम्म बढी प्रतिफल दिएको र यस साधारणसभाबाट समेत उल्लेख्य प्रतिफल सार्वजनिक गर्ने र सेयरधनीलाई सन्तुष्ट बनाउने योजना अगाडि सारेको छ । कम्पनीले  सम्पूर्ण सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने तयारी गरेको छ ।

 कम्पनीको आगामी पुस ३० गते हुने १४ औं वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरेर बोनस सेयर दिन लागिएको हो । कम्पनीको गत मंसिर ७ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई बोनस सेयर दिन प्रस्ताव गरेको हो ।

 सञ्चालक समितिको प्रस्ताव अनुसार रु १ अर्ब ५ करोड चुक्ता पुँजीको ८ प्रतिशत बोनस साधारणसभाले पारित गर्ने तयारी गरिएको छ ।

बोनस सेयर पाउने ५० हजार सेयरधनी छन् । कम्पनीले त्रिशुली गल्छी जलविद्युत् आयोजना र २० मेगावाट बराबरको सौर्य ऊर्जा उत्पादन प्रणाली जडान गर्न लागेको छ ।

कम्पनीले दार्चुलामा निर्माण गरेको ८.५ मेगावाटको नौगाड जलविद्युत् आयोजना सञ्चालनमा छ । दुगर्म क्षेत्रमा गएर जलविद्युत् आयोजना निर्माण गर्ने र स्थानीय पूँजीलाई समेत अभिवृद्धि गर्ने कम्पनीको रुमपा अपि पावर क्रियाशिल छ ।

कम्पनीले हाल  ८ मेगावाटको माथिल्लो नौगाड निर्माणको अन्तिम चरणमा पुर्याएको छ । सेयर बजारमा हामीलाई धेरैले माया गर्नु भएको छ ।

हाम्रो कम्पनीको सेयर उच्च बिन्दुमा पुग्ने केही कम्पनीहरु मध्ये एक हो । हामीले व्यवसायिक दक्षता देखाएका छौ, सेयरधनीलाई उच्च प्रतिफल पनि दिएका छौ । नेपालको विकासमा सानो भएपनि योगदान गरेका छौ, सञ्जिव न्यौपाने थप उत्साहित देखिनुहुन्छ ।

नेपालको जलविद्युत् क्षेत्रमा गुरु न्यौपानेको नाम एउटा इतिहास हो । सयौ हन्डर र ठक्करसँग जुध्ने क्षमता राख्ने न्यौपानेको मार्ग निर्देशनमा अपि पावर आज जुन रुपमा स्थापित छ, त्यसलाई अझै सबल र सक्षम बनाउन मेहनतको जरुरी छ ।

दार्चुलाको दुगर्म बस्तीदेखि पूर्वको पाँचथर सम्म विजुली निकाल्दै हिड्ने जोधाहा सिपाहीको नाम हो गुरु न्यौपाने । धेरै परियोजना पाइप लाइनमा छन् । धेरै काम अगाडि बढेको छ । धेरैको विश्वस अनि सद्भाव पनि छ । धेरैले अपि पावरलाई माया गरेका छन्, मार्गदर्शन गरेका छन् ।

वार्षिक साधारणसभा एउटा प्रजातान्त्रिक प्रक्रिया हो । कम्पनीको सम्पूर्ण विवरणदेखि भावी कार्ययोजना समेत प्रस्तुत गरिने भएकाले यसलाई सफल बनाउनु सेयरधनी सबैको दायित्व पनि हो ।

जुटौ, एकजुट हाऔ, अपि पावर जस्ता सफल कम्पनीले दिने प्रतिफल र राष्ट्रलाई गर्ने योगदानमा सानो इट्टा थपौ, सञ्जिव न्यौपाने आग्रह गर्नुहुन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको