Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो बजार पूँजीकरण

शनिबार, २९ पुस २०७४, १७ : १९ मा प्रकाशित

घट्यो बजार पूँजीकरण

अर्थ संसार, काठमाडौं– आव २०७२/७३ मा रु १८ खर्ब ९० अर्ब रहेको नेपालको धितोपत्र बजार पूँजीकरणका १ दशमलव ७९ प्रतिशतले कमी आई आव २०७३७४ मा रु १८ खर्ब ५६ अर्ब कायम भएको छ ।

आव २०७२/७३ मा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २२९ रहेकोमा आव २०७३/७४ मा थप १२ कम्पनी सूचीकृत भएका छन् । यस्तै ३३ कम्पनी एक आपसमा गाभिएर तथा प्राप्ति भई उक्त संख्या २०८ कायम भएको छ ।

समीक्षा वर्षमा कूल १७३ कम्पनीको रु ३५ अर्ब १७ करोड बोनस शेयर एवं ७३ कम्पनीको रु ३० अर्ब ४६ करोड ४८ लाख बराबरको हकप्रद सेयर सूचीकृत गरिएको छ । परिणामस्वरुप समीक्षा वर्षको अन्त्यमा कूल रु एक खर्ब ३६ अर्ब ३४ करोड ६९ लाख बराबरका सेयर  सूचीकृत भएका छन् ।

यस अवधिमा रु तीन अर्बको तीन वटा सामूहिक लगानी कोषको एकाइ, ५७ करोड २२ लाख बराबरको तीन कम्पनीका थप सेयर र रु ६२ अर्बको तीन प्रकारका सरकारी ऋणपत्रसमेत सूचीकृत भएको नेप्सेले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

नेप्सेमा आव २०७२/७३ मा १३१ सूचीकृत कम्पनी क वर्गमा वर्गीकृत भएकोमा आव २०७३/७४ मा १११ कम्पनी क वर्गमा वर्गीकृत छन् ।

आव २०७२/७३ को अन्त्यमा एक हजार ७१८ दशमलव १५ पुगेको नेप्से परिसूचक समीक्षा वर्षको अन्त्यमा एक हजार ५८२ दशमलव ६७ झरेको छ । उक्त परिसूचक अघिल्लो आवको तुलनामा ७ दशमलव ८९ प्रतिशतले घटेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको