Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकबाट २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश

शुक्रबार, २८ पुस २०७४, २० : २६ मा प्रकाशित

हिमालयन बैंकबाट २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश

अर्थ संसार, काठमाडौं– हिमालयन बैंक लिमिटेडको पच्चीसौँ वार्षिक साधारणसभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले आव २०७३/७४ को प्रतिवेदन प्रस्तुत गर्दै सो बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब ११ करोड ४५ लाख २९ हजार पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । बैंक आगामी माघ ४ गते २५ वर्ष पूरा गर्दैछ ।

अध्यक्ष श्रेष्ठले बैंकले आव २०७३/७४ अन्त्यसम्म रु ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको जानकारी दिनुभयो । निक्षेप र कर्जा अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी भएको जनाइएको छ ।

यस वर्ष छ स्थानमा नयाँ शाखा तथा सरकारको योजनानुरुप स्थानीय तहमा बैंकको ग्रामीण शाखा स्थापना गर्दै जाने र देशका विभिन्न स्थानमा थप एटिएम सञ्जाल विस्तार गरिने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको