Like us!
Follow us!
Connect us!
Watch us!

खोटाङ्गमा जीप सेवा सुरु

शुक्रबार, २८ पुस २०७४, २० : ०५ मा प्रकाशित

खोटाङ्गमा जीप सेवा सुरु

अर्थ संसार, काठमाडौं -पुर्वको पशुपतिनाथको जिल्लाभनेर चिनिने खोटाङ्गको यातायात क्षेत्रमा नयाँ क्रान्ति आएको छ ।

खोटाङ्ग यातायात ब्यवसायी संघले एकैसाथ १९ थान टाटा सुमो खरीद गरी जीप सेवा सुरु गरेको छ । केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रम बीच १९ थान टाटा सुमोको साँचो हस्तान्तरण गरीयो ।

उक्तकार्यक्रमको उद्घाटन टाटा मोटरका कन्ट्री म्यानेजर अजित नारायण सिहं र खोटाङ्गका प्रतिनीधि सभा सदस्य विशाल भट्टराईले संयुक्त रुपमा गर्नु भएको थियो । 

कार्यक्रममा खोटाङ्गका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै खोटाङ्ग यातायात व्यवसायी सघंका पदाधिकारीहरुले टाटा सुमोको बलियो इन्जिन र पहाडी बाटोमा उच्चतम क्षमताले गर्दा आफ्नो रोजाईमा परेको बताए  । उनीहरुको  भविष्यमा अझ गाडी थप्दै सेवा विस्तार गर्दै जाने योजना छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको