अर्थ संसार, काठमाडौं– फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ६५ प्रतिशत लाभांश दिने भएको छ ।
विहीबार बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो ।
माइक्रोफाइनान्सले ५० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १५ प्रतिशत नगद लाभांसगरी कुल ६५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको विज्ञप्तीमा उल्लेख छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ७८ लाखरुपैयाँ खुद नाफा कमाएको यस कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको कम्पनीको बोनसपछि पुँजी ३० करोड रुपैयाँ पुग्नेछ ।
गत वर्षमात्र साधारण सेयर निष्काशन गरेको यस कम्पनीको दोस्रो बजारमा कम्पनीको प्रतिकित्ता सेयरमूल्य ३ हजार ५ सय रुपैयाँको हाराहारीमा रहेको छ ।