Like us!
Follow us!
Connect us!
Watch us!

तीन सय रोपनी जग्गा अतिक्रमण मुक्त

शुक्रबार, २८ पुस २०७४, १२ : ५८ मा प्रकाशित

तीन सय रोपनी जग्गा अतिक्रमण मुक्त

अर्थ संसार, काठमाडौँ– वाग्मतीको सहायक मनमत्ता नदी विसं २०२१ को नापीअनुसारको धारमा फर्काइ ३०० रोपनी सार्वजनिक जग्गा अतिक्रमण मुक्त गरिएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहयोग र मनमत्ता नदी उपभोक्ता समितिको सक्रियतामा शंकरापुर नगरपालिकाको वडा नं ७ र ९ को सीमा भएर बग्ने पाँच किमी लामो नदी पुरानो धारमा फर्काइएको हो । नदी किनारमा घर नबनेकाले नदी नापीअनुसारको धारमा फर्काउन सहज भएको समितिले जनाएको छ ।

नदी २०२१ सालको नापीको धारमै फर्काएसँगै नदी दायाँबायाँ तटबन्ध पूर्वाधार निर्माणसँगै सफाइ अभियानको पनि अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले बिहीबार शुरुवात् गर्नुभयो ।

कार्यक्रममा सुन्दरीजल–गोकर्णेश्वरको वाग्मतीखण्डलाई विसं २०२१ को नापीअनुसारको धारमा फर्काउने अभियानका संयोजक केशवप्रसाद पुडासैनी, नगरपालिकाको वडा नं ७ का अध्यक्ष बाबुकाजी श्रेष्ठ, वडा नं ९ का अध्यक्ष घनश्याम थापा, मनमत्ता नदी उपभोक्ता समिति अध्यक्ष मधु केसीलगायतले उपत्यकाको सभ्यता संरक्षणका लागि यहाँका नदी सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको