Like us!
Follow us!
Connect us!
Watch us!

पाँचसय मेगावाटको विद्युत् निर्माणमा पहल गर्छु : नगर प्रमुख

शुक्रबार, २८ पुस २०७४, १२ : ३६ मा प्रकाशित

पाँचसय मेगावाटको विद्युत् निर्माणमा पहल गर्छु :  नगर प्रमुख

अर्थ संसार, बाजुरा–    बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले नगरको आर्थिक विकासका लागि भएका स्रोतसाधनको प्रयोग गर्ने बताउनुभएको छ ।

बिहीबार ऐसावादी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारण सभाको कार्यक्रममा आगामी दिनमा सहकारी र विद्युत् नै आर्थिक समृद्धिको आधार हुने बताउनु भयो ।

उहाँले नगरपालिकाको विकासका लागि पाँच वर्ष नगरवासीका लागि नै खर्चने बताउनुभयो । नगरवासीले नियमित विद्युत् प्रयोग गर्न नपाएका कारण आगामी दिनमा विद्युत् उत्पादन गर्ने संस्थासँग सहकार्य गरी ५०० मेगावाटको विद्युत् निर्माणका लागि पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

उहाँले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, डोटी र विश्व बैंकको एक टोली बडीमालिका नगरपालिका–६, कोर्धमा रहेको कोर्धालीगाड लघुजलविद्युत्को अनुगमनमा यही माघ १५ आउने भएकाले उहाँहरुसँग पानीको क्षमता हेरी विद्युत् निकाल्न सहयोगका लागि अपिल गर्ने बताउनुभयो ।

नगर प्रमुख बडुवालले सहकारीमार्फत आयआर्जनका कार्य गर्न आग्रह गर्नुभएको छ । बडीमालिका नगरपालिका–६ कोर्धमा आलु खेतीको प्रशस्त सम्भावना रहेकाले सबैले व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले केरा, कागती र अन्य फलफूल खेती गर्न सकिने भएकाले कृषकले व्यवसाय गर्दै आर्थिक समृद्धि ल्याउनुपर्ने बताउनुभयो ।

सहकारीले बचत र ऋण लगानी मात्र गर्ने नभई उत्पादनमुखी कार्यमा लाग्नुपर्ने नगर प्रमुख बडुवालले भन्नुभयो । तरकारी खेती र अन्य आयआर्जनका कार्य गरे सहकारी उत्पादनमुखी बन्नेमा आफु विश्वस्त रहेको पनि उहाँले बताउनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको