Like us!
Follow us!
Connect us!
Watch us!

इलामबासीलाई लगानीको अवसर, अप्पर माईले दिदैछ ११ लाख कित्ता आइपिओ

शुक्रबार, २८ पुस २०७४, ११ : ५८ मा प्रकाशित

इलामबासीलाई लगानीको अवसर, अप्पर माईले दिदैछ ११ लाख कित्ता आइपिओ

अर्थ संसार, काठमाडौं - अप्पर माई जलविद्युत् आयोजनाले ११ लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ ।

आयोजनाले पहिलो चरणमा इलामको सन्दकपुर गाँउपालिकाका लागि ६० प्रतिशत र प्रसारण लाइन रहेको इलाम नगरपालिका  लागि ४० प्रतिशत साधारण सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले सन्दकपुरका लागि ६ लाख ६० हजार कित्ता र इलाम नगरपालिकाका लागि ४० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

साधारण सेयर बिक्री गर्नका लागि गत मंसिर ५ गते नै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भइसकेको छ । आगामी माघ ५ गतेदेखि १९ गतेसम्म स्थानीयले साधारण शेयरमा आवेदन दिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।

एकजनाले न्यूनत्तम २० देखि अधिकत्तम ५ हजार ५०० कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

पहिलो चरणमा आयोजनाका अति प्रभावित र प्रभावितलाई साधारण सेयर बिक्री गर्न लागिएको हो ।

आयोजना प्रभावितलाई कुल १० प्रतिशत सेयर जारी गरेपछि आम सर्वसाधारणका लागि १५ प्रतिशत सेयर बिक्री गरिने छ ।

हाल आयोजनाले १२ मेगावाट क्षमताको अप्पर माई, ६.२ मेगावाट क्षमताको माथिल्लो माई सी आयोजना सञ्चालन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको