Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्स, एभरेस्ट र सिद्धार्थ बैंकको कारोबार उच्च

विहीबार, १६ मंसिर २०७३, १३ : २० मा प्रकाशित

शिखर इन्स्योरेन्स, एभरेस्ट र सिद्धार्थ बैंकको कारोबार उच्च

अर्थ संसार

काठमाडौं–केही दिनदेखि उच्च अंकमा कारोबार भइरहेको एभरेस्ट बैंकलाई साताको अन्तिम दिन शिखर इन्स्योरेन्सले उछिनेको छ । शिखरले ६० प्रतिशत बोनसपछि १० प्रतिशत एफपिओ जारी गर्ने सूचना आएपछि शिखरको कारोबार अकासिएको हो ।

दिउँसो १ बजेसम्म शिखरको ७ करोड रुपैयाँको कारोबार भइसकेको छ । यस्तै सेयर मूल्य अघिल्लो दिनको तुलनामा १ सय ८३ रुपैयाँ बढेर ३ हजार ८ सय २३ रुपैयाँ पुगेको छ । बैंकको सेयर मूल्य भने अघिल्लो दिनको तुलनामा ११ रुपैयाँले बढेको छ । 

सधैं उच्च कारोबार गर्दै आएको एभरेस्ट आज दोस्रो उच्च कारोबार हुने कम्पनीमा परेको छ । यसको ५ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य भने १ रुपैयाँले बढेको छ ।

तेस्रो उच्च कारोबार हुनेमा सिद्धार्थ बैंक परेको छ । यस बैंकले उच्च दरमा प्रतिफल दिने हल्लाले सेयर कारोबार उच्च भएको हो । बजारमा बैंकले हकप्रद समेतलाई उच्च दरमा बोनस सेयर दिने गरी प्रस्ताव गर्न लागेको हल्ला फैलिएकाले कारोबार उच्च भएको हो ।

उच्च दरको प्रतिफलका साथ बैंकले हकप्रदसमेत जारी गर्ने हल्ला बजारमा आएको छ । यही कारण सिद्धार्थ बैंकको २ करोड ७४ लाख ६१ हजार रुपैयाँको कारोबार भइरहेको छ । 

मार्केट डेप्थमा सिद्धार्थको सेयरको माग उच्च देखिएको छ । उक्त बैंकले भर्खरै २५ प्रतिशत हकप्रद जारी गरेको थियो । उच्च प्रतिफल पाउने अनुमानले अरु कम्पनीको सेयर मूल्य घट्दा सिद्धार्थको सेयर मूल्य खासै घटेको छैन ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको