Like us!
Follow us!
Connect us!
Watch us!

युनिभर्सल पावर कम्पनीको ९६ करोड बराबरको आइपिओ आउँदै

विहीबार, २७ पुस २०७४, १४ : २१ मा प्रकाशित

युनिभर्सल पावर कम्पनीको ९६ करोड बराबरको आइपिओ आउँदै

अर्थ संसार, काठमाडौँ- युनिभर्सल पावर कम्पनीले रु ९६ करोड बराबरको साधारण सेयर जारी गर्ने तयारी गरेको छ । साधारण सेयर जारी गर्नका लागि कम्पनीले आगामी माघ ११ गते साधारणसभा बोलाएको छ ।

कम्पनीले रु  ९६ करोड बराबरको ९६ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।साधारण सभाबाट पारित भएपछि आईपीओ निष्कासनको प्रक्रिया सुरु हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले १० प्रतिशत आयोजना प्रभावित दोलखाबासी र  ३० प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयरको रुपमा उठाएको रु ९५ करोड रकम साधारण सेयरमा परिणत गरेको हो ।

युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजनाका लागि रु २ अर्ब ४ करोड लाग्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

माघ ९ गतेदेखि सामुदायिक लघुवित्तको ३ लाख कित्ता आइपिओ विक्री खुल्ला, आवेदन कहाँबाट दिने ?

कहिले बन्छ राखीपोखरी ? माछा खेल्ने ठाउँमा कुखुर र चारचुंगीको खेल मैदान [फोटोफिचर ]

न्याय सम्पादन न्यायका सिद्धान्तका आधारमा गर्ने कि डा केसीको “चारित्रिक प्रमाणपत्र’’ का आधारमा ?

नाटाका अध्यक्षका प्रत्यासी पाण्डेले भने– ‘जितको घोषणा गर्न मात्रै बाँकी छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको