Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबिएल प्रगति फन्डमा लगानीको अबसर, ६ करोड इकाइ विक्री आजदेखि, कहाँ पाइन्छ आवेदन फारम ?

विहीबार, १६ मंसिर २०७३, १३ : १८ मा प्रकाशित

एनआइबिएल प्रगति फन्डमा लगानीको अबसर, ६ करोड इकाइ विक्री आजदेखि, कहाँ पाइन्छ आवेदन फारम ?

अर्थ संसार

काठमाडौं–लगानी गर्न पैसा मुठो बाँधेर बस्नु भएको छ ? तपाईंका लागि एनआइबीएल प्रगति फन्ड लगानीको अबसर हुन सक्छ ।  एनआइबीएल क्यापिटलले एनआइबिएल प्रति फन्ड नाममा ६० करोड रुपैयाँ बराबरको ६ करोड म्युचुअल फन्डका नयाँ आज (बिहीबार) देखि सर्बसाधारणलाई विक्री गर्दै छ ।

यसमा सर्वसाधारणले ५ करोड १० लाख कित्तासम्म खरिद गर्न पाउनेछन् । उक्त म्युचअल फन्डमा मंसिर २० गते सम्म आवेदन दिनु पर्ने छ । लगानीकर्ताले प्रति इकाईं १० रुपैयाँ मूल्यको न्यूनत १ सय र अधिकतम ६० लाख इकाइसम्मका लागि आवेदन गर्न सक्ने छन् ।  

निस्कासित ६ करोड इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड र ८० लाख इकाई  कोष प्रवर्धक नेपाल इन्भेस्टमेन्ट बैंकले खरिद गर्नेछन् । 

एनआइबिएल क्यापिटलले आफ्नो कार्यालय लाजिम्पाट र नेपाल इन्भेस्टभेन्ट बैंकका तोकिएका शाखा कार्यालयमा आवेदन फारम लिन र बुझाउन सक्ने ब्यवस्था मिलाएको जनाएको छ । 

583fdc2d5bdb2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको