Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक जग्गा हडप्ने विरुद्ध अख्तियारको एक्सन, को- को परे धन्दामा ?

बुधबार, २६ पुस २०७४, १८ : १५ मा प्रकाशित

सार्वजनिक जग्गा हडप्ने विरुद्ध अख्तियारको एक्सन, को- को परे धन्दामा ?

अर्थ संसार, काठमाडौं - सार्वजनि जग्गा व्यक्तिको नाममा दर्ता गर्ने जिल्ला मालपोत कार्यालय धनगढीका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्या दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा दर्ता गर्दै हिड्ने मालपोत कार्यालयका प्रमुख लोकबहादुर राओल, नासु महन बहादुर रसाइली, खरिदार जग्गेप्रसादर उपाध्यय र रामजी शाह विरुद्ध आज विशेष अदालतमा मुद्या दायर गरिएको हो ।

टिकापुर नगरपालिका ५ का वासिन्दा रामजी शाहीको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको अध्ययनबाट खुलेको हो ।

जग्गा धनी प्रमाण पुर्जा समेत प्राप्त गरी सार्वजनिक जग्गा विक्री वितरण गर्न लागेको पाइएपछि अख्तियारले उनीहरु विरुद्ध मुद्या दायर गरेको हो ।

आरोपी सवैलाई हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको