Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो, लगानीकर्ता निराश

बुधबार, २६ पुस २०७४, १६ : २० मा प्रकाशित

सेयर बजारमा पहिरो, लगानीकर्ता निराश

अर्थ संसार, काठमाडौं - लगातार बढेको बजारले लगानीकर्तालाई केही मात्रमा दिलाएको विश्वास खण्डत भएको छ ।

आज पनि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता दोहोरो अंकले घटेपछि निराश भएका हुन् ।

बजार खुलेको सुरुवाती चरणमा उकालो लागेको नेप्से परिसूचक १२ बज्दा नबज्दै आरोलो लाग्न थालेपछि लगानीकर्ताको मनोविज्ञान नकारात्मक दिशातर्फ केन्द्रित भएको देखिन्छ ।

कुल १५.७८ विन्दुले बजार घट्दा नेप्से परिसूचक १हजार ४ सय ४० विन्दुमा पुगेर रोकिएको छ ।

क वर्ग कम्पनीहरुको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचिक समेत ३.१९ विन्दुले ओरालो लागेर ३०३.६८ मा रोखिएको छ । कुल १ सय ५७ कम्पनीको १५ लाख ७४ हजार ४ सय ८१ कित्ता सेयर ३७ करोड ४८ लाख ५५ हजार ९ सय १० मूल्य कारोबार भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जानकारी दिएका छ ।

आज बजारमा बैकिङ १०.८२, व्यापर ०.४, होटल २०.२८, विकास बैंक ११.४८, जलविद्युत ७.९४, वित्त क्षेत्र     ०.५१, विमा १६९.८२, उत्पादन २७.८९, अन्य ७.७४४ र माइक्रोफाइनान्स समूह २३.९७ विन्दुले ओरालो लागेको हो ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सवै भन्दा बढी कारोबार भएको भने फरवार्ड माइक्रोफाइनान्स विक्तिय संस्थाका सेयरधनीले सवै भन्दा  थेरै कमाएका छन्  ।

उता एभरेष्ट कम्पनीका सेयरधनीले २ सय १९ रुपैयाँ घाटा व्यहोरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको