Like us!
Follow us!
Connect us!
Watch us!

शिखरले फेरि एफपिओ ल्याउने, कति कित्ता जारी गर्दैछ ?

विहीबार, १६ मंसिर २०७३, १२ : २४ मा प्रकाशित

शिखरले फेरि एफपिओ ल्याउने, कति कित्ता जारी गर्दैछ ?

अर्थ संसार

काठमाडौं–शिखर इन्स्योरेन्सले सर्बसाधारण र प्रबर्धकको सेयर अनुपात ४०ः६० बनाउन फदर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने भएको छ ।

कम्पनीको बुधबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । सोही बोर्ड बैठकले आगामी पुस ८ गते बार्षिक साधारणसभा गर्ने निर्णयसमेत गरेको छ । कम्पनीले यसअघि सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । 

कम्पनीले बोनस सेयर बितरण गरेपछि १० प्रतिशत  एफपीओ निश्काशन गर्नेछ । अहिले कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्बसाधारणको ३० प्रतिशत हिस्सा छ । सर्बसाधारणको हिस्सा कम्पनीको कुल पूँजीमा १० प्रतिशत बाढाएर ४० प्रतिशत पार्न संचालक समितिले एफपिओ जारी गर्ने प्रस्ताव गरेको हो ।

शिखरको चुक्ता पूँजी ५० करोड छ । आगामी साधारणसभाले ६० प्रतिशत बोनस पारित गरेपछि चुक्तापूँजी बढेर ८० करोड पुग्नेछ । त्यसको १० प्रतिशत एफपीओ जारी र्दा ८ करोड कित्ता हुने छ । उक्त सेयर भने प्रिमियम मूल्यमा जारी गरिने छ । शिवरले ७ महिनाअघि पनि पूँजी बृद्धिका लागि एफपिओ जारी गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको