Like us!
Follow us!
Connect us!
Watch us!

लोक सेवाले माग्यो ४३७ जना नायब सुब्बा, कहाँ कतिको माग ?

बुधबार, २६ पुस २०७४, १४ : ०५ मा प्रकाशित

लोक सेवाले माग्यो ४३७ जना नायब सुब्बा, कहाँ कतिको माग ?

अर्थ संसार,  काठमाडौं – लोक सेवा आयोगले आज देशका विभिन्न कार्यालयमा ४३७ जनाको लागि आवेदन माग गरेको छ ।

आयोगले आज प्रकाशित गरेको सूचनामा पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटा, मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौं, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेत र सुदूरपश्चिम क्षेत्रीय कार्यालय दिपालयमा विभिन्न पदमा रोजगारीका लागि आवेदन माग गरेको हो ।

सूचनाअनुसार पूर्वाञ्चलमा न्याय, प्रशासनतर्फ ८६ जनाको आवेदन माग गरेको छ । यस्तै मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौँमा कुल १६१ जना, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरामा १११ जना, मध्यपश्चिम क्षेत्रीय कार्यालयमा ५७ जना र सुदूरपश्चिम क्षेत्रीय कायाृलय दिपायलमा २२ जना गरी कुल ४३७ जनाका लागि विभिन्न पदमा आवेदन माग गरेको हो ।

आयोगले नायब सुब्बा वा सो सरह पदका लागि ती पदमा आवेदन माग गरेको सूचना मार्फत जानकारी दिएको छ । नजिकको आयोगको कार्यालय वा अनलाइन मार्फत आवेदन दिन सकिने आयोगले सूचनामा उल्लेख गरेको छ ।

 

5a55d04065c79.jpg 5a55d04071bcc.jpg 5a55d042c1abd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको