Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल स्टक एक्स्चेन्ज र बाजेको खुद्रा ब्यापार

बुधबार, २६ पुस २०७४, १२ : ४३ मा प्रकाशित

नेपाल स्टक एक्स्चेन्ज र बाजेको खुद्रा ब्यापार

सबैभन्दा पहिले खुद्रा ब्यापार भनेको के हो ? भन्ने बारेमा चर्चा गरौ, खुद्रा बजार भनेको कुनै एक निश्चित स्थानमा रही सोहि ठाउँका बासिन्दाहरुको लागि दैनिक आवस्यक पर्ने सामग्री थोरै थोरै बेचबिखन गर्नु हो ।

 हाम्रो बजारमा अरुको समान लगेर बेची कमिसन खाने गरेको पाइन्छ ।  जस्तै नेपालका ब्यापारीले विदेशबाट समान ल्याई धेरै संख्यामा ब्यापारी खुद्रा बेच्न दिएर उनीहरुले बेचेको मुल्यमा कमिसन लिनेगरेको अवगतै होला, यसरी हेर्दा उनीहरु होलसेल ब्यापारी भन्न मन पराउदछन ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) जसले दिनहुँ अरुको सेयरहरु बेच्न थालेको १९९३ देखि हो ।  जसले दिनहु जसो अरुको सेयर बेचेर कमिसन खाने गर्दछ । उसले औसतमा दैनिक ४०-५० करोडको कारोबार गर्ने गरेको छ ।

  उसले जम्मा ३७० ओटा कम्पनीको मात्रै कारोबार गरेको इतिहास हामीसामु छ । यसको मुख्य कार्यालय  ललितपुरको जावालाखेलमा छ । नेपालको कुल जनसंख्या ४ करोडको हाराहारीमा हुँदा यसको बजार ३७० कम्पनिलाइ आधार मान्दा ८ लाख सेयर होल्डर छन् ।  जसलाई प्रतिशतमा लैजादा ०.०२ प्रतिशत हुन आउछ । 

४ करोड नेपालीलाइ हेर्दा उसको बजार ०.०२ प्रतिशत मात्र सिमित छ । सरकारी स्वामित्व र एकाधिकारमा रहेर पनि नेप्सेको बजार ०.०२ प्रतिशतमा हुनु सरकारी खुद्रा ब्यापार नै हो । 

किन कि प्रतिष्पर्धि बजारमा रहेर पनि सानो पूँजी हुनेले पनि ५०० – १००० जना ब्यापारीलाई आफ्ना समान बेचेर पनि सरकारलाई २०–२५ प्रतिशत कारोबार नाफा बाट कर  पनि तिर्न सफल छन्  ।

सरकारी स्वामित्वमा एकाधिकार बजार कायम गरि ३७० वोटा कम्पनि, ५०–५५ बटा व्यापार गर्ने एजेन्ट चेक क्लियर गर्ने ३–४ वोटा बैंक हुनु खुद्रा व्यापार नै हो ।

नेप्से होलसेल ब्यापारी हुने हो भने तल उल्लेखित कुराहरु पुरागर्नु जरुरि छ, नभए नेप्से र नेपालको पुँजी बजार सधै खुद्रा व्यापार मै सिमित हुनेछ ।

  •  बैंकलाई कारोबार गर्ने बाटो खोल्नुपर्दछ ।

  •  बजारमा थप कम्पनिहरु लाई छिर्नको लागि प्रोत्साहन गर्नुपर्दछ ।

  •  बजार उतार चडाबलाइ व्यवस्थित गर्न बजार व्यवस्थापकको निर्माण गर्नु पर्दछ ।  

  •  सेयर बजार मात्र होइन पुँजी बजारको बारेमा ज्ञान दिने खालका कार्यक्रम संचालन गर्नु आवस्यक छ  ।

  •  पूर्णत अनलाइन कारोबार संचालन गर्नुपर्दछ  ।

  •  नयाँ लगानीकर्ता बजार प्रवेस गर्दा लगानीको निश्चित समयको लागि निचित प्रतिशत रिटनको ग्यारेन्टी गरिनु पर्दछ  ।

  •  भित्रि सूचना चुहाउनेलाई तुरुन्त कारबाही हुनुपर्दछ ।

  •  बजारको बारेमा अनावश्यक हल्ला फिजाउनेलाई  कारबाही गर्नुपर्छ ।

  •  बजारको बारेमा सहि कुराहरु सम्प्रेसण गर्नेलाइ पुरस्कारको व्यवस्था गर्नुपर्दछ  ।

  •  आफ्नो साईटलाइ सबैभन्दा पहिले अपडेट गर्नु आवश्यक छ  ।

  •  यदि नेप्सेले माथि उल्लेखित कुराहरु पुरा गर्न सक्दैन भने नयाँ स्टक एक्स्चेन्ज खोलि बजार पूर्ण प्रतिस्प्रधात्मक बनाउन आवस्यक छ, हुनुपर्दछ  ।

  • नियमनकारी निकायको नियमन कम्जोर छ, हुनुभएन  ।

  • कार्यालयमा काम गर्ने कर्मचारी र फाइल व्यवस्थापन हेर्दा खुद्रा ब्यापारीको भन्दा कम्जोर छ, निराकरण गर्नुपर्यो  ।

तपाइले देखेका कमजोरीहरु पनि उल्लेख गर्नुहोला ! जसले नेपालको सेयर बजार विकास र खुद्रा व्यापारबाट माथि उकासियोस् । सकोस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको