Like us!
Follow us!
Connect us!
Watch us!

लाइसेन्स लिन अनलाइन आवेदन अनिवार्य

बुधबार, २६ पुस २०७४, ०८ : ५० मा प्रकाशित

लाइसेन्स लिन अनलाइन आवेदन अनिवार्य

अर्थ संसार, काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन कोटा निर्धारण गरिएकोे छ ।

सरकारले सवारीचालक अनुमतिपत्र वितरणमा अत्यधिक भिडभाड भएको भन्दै अनलाइनबाटै आवेदन दिने व्यवस्थालाई अनिवार्य गरेको हो ।

कर्णालीबाहेकका सबै कार्यालयबाट दैनिक निश्चित कोटा तोकेर अनलाइन आवेदन लिन सकिने व्यवस्था गरेको हो । कार्यालयमै पुगेर आवेदन दिनुपर्ने व्यवस्थाको अन्त्य मंगलबारदेखि कार्यान्वयनमा आएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागले मातहतका सवारी चालक अनुमतिपत्र कार्यालयलाई परिपत्र गरी पुस २५ गतेदेखि विभागको वेबसाइटमा रहेको अनलाइन फारम सिस्टम सञ्चालनमा ल्याउन भनेको हो ।

विभागले लाइसेन्सको वर्ग ‘ए’ (मोटरसाइकल), ‘के’ (स्कुटर) र ‘बी’ ९कार÷जिप०को नयाँ र वर्ग थपको अनलाइन दरखास्त दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।

अञ्चल कार्यालयका अनुसार दैनिक कोटा फरक–फरक रहेको छ । दुवै वर्गका लागि निश्चित कोटा तोकेर अनलाइनबाट नै आवदेन दिन सकिने व्यवस्था मिलाइएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए ।

“धेरै समय रोकिएर एक पटक खुल्दा सवारी चालक अनुमतिपत्र लिने सेवाग्राही संख्या धेरै हुँदा उनीहरूले पनि सास्ती भोग्नु परेको र कार्यालयहरूलाई समेत व्यवस्थापन गर्न जटिल भएकाले अनलाइनबाट मात्रै आवेदन दिन सकिने व्यवस्था अनिवार्य गरिएको हो,” उनले भने, “अब कर्णालीबाहेक सबै अञ्चल कार्यालयहरूबाट अनलाइनमै आवेदन दिन सकिनेछ ।”

अनलाइनमा आवेदन दिँदा आवश्यक विवरण भरिसकेपछि दैनिक कोटा सकियो भने त्यसपछिको कार्यालय खुल्ने दिनको मिति आवेदकले पाउने व्यवस्था गरिएको छ ।

मेची अञ्चल कार्यालयका लागि मोटरसाइकल र स्कुटर (वर्ग ए र के) को दैनिक कोटा २ सय र वर्ग बीको १ सय आवेदन रहेको छ ।

उदाहरणका लागि मेचीमा फारम भर्दा आइतबारका लागि मोटरसाइकल र स्कुटरको २ सय कोटा छ भने त्यो सकिएमा सोमबारका लागि आवेदन दिनेले कन्फर्मेसन कोड पाउनेछ र ऊ त्यो दिन कार्यालयमा गएर प्रक्रियामा समावेश भई कार्यालयले तोकेको मितिमा लिखित र प्रयोगात्मक परीक्षामा सहभागी हुन सक्ने व्यवस्था मिलाएको छ ।

लिखित र प्रयोगात्मक परीक्षा एक साताभित्र सकिसक्ने गरी व्यवस्था मिलाउन मातहतका कार्यालयलाई विभागले निर्देशन दिएको छ ।

“सवारी चालक अनुमतिपत्रका लागि वर्ग ई, के र बीको नयाँ वर्ग थपसमेत अनलाइन फारम भरी दर्ता नम्बर लिई आएका सेवाग्राहीहरूले मात्र दरखास्त दर्ता गर्ने गरी पुस २५ गतेदेखि अनलाइन फारम सिस्टम सञ्चालनमा ल्याइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

कार्यालयहरूले आइतबारदेखि बुधबारसम्म (सार्वजनिक बिदाबाहेक) दैनिक अनलाइन फारम भरी दर्ता नंबर लिई आएका सेवाग्राहीको मात्र दरखास्त दर्ता (बायोमेट्रिक, मेडिकल र परीक्षा शुल्क लिन) गर्ने र परीक्षार्थीको संख्याको आधारमा तोकिएको समयमा परीक्षा (लिखित र प्रयोगात्मक) सञ्चालन गर्नसमेत विभागले मातहतका कार्यालयलाई परिपत्र गरेको छ ।

परिपत्रमा सेवाग्राहीको जानकारीको लागि सूचना समेत प्रकाशित गर्न र परीक्षाको तालिका विभागलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।

धौलागिरी कार्यालयमा वर्ग ए र केका लागि दैनिक ५० वटा कोटा तोकिएको छ भने बी का लागि हाललाई कोटा छैन । वागमती कार्यालय भक्तपुर जगातीमा ए र के का लागि ६ सय र बीका लागि १ सय कोटा तोकिएको छ ।

विभागले सेवाग्राहीको चापका आधारमा कोटा निर्धारण गरेको र आवश्यकता अनुसार थप(घट गर्न सकिने जनाएको छ । अहिले भएको सिस्टमले आगामी चैत २८ सम्मको फारम लिने र त्यसपछिका लागि विभागले समय बढाउँदै लग्नेछ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको