Like us!
Follow us!
Connect us!
Watch us!

सरकार समयमै कर उठाउन असफल, ७९ अर्ब आझै उठ्न सकेन

मंगलबार, २५ पुस २०७४, ०९ : १० मा प्रकाशित

सरकार समयमै कर उठाउन असफल, ७९ अर्ब आझै उठ्न सकेन

अर्थ संसार, काठमाडौं– सरकारले पटक–पटक ताकेता गरे पनि करदाताले समयमै कर नतिर्दा ७९ अर्ब रुपैयाँबराबरको कर बक्यौता देखिएको छ ।

चालू अर्थिक वर्षको मंसिरसम्म मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ९४ करोड ७७ लाख रुपैयाँ तथा अन्तःशुल्क र आयकरतर्फ ७८ अर्ब १५ करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाताको कार्यालयले जनाएको छ ।

सरकारी ढुकुटीमा रकम अभाव भएर चालू खर्चसमेत धान्न सरकारलाई हम्मे परिरहेका बेला बक्यौता राजस्व उठाउन सकिएको छैन ।

कार्यालयले मूल्य अभिवृद्धि कर र आयकर तिर्न अटेर गरको भन्दै तीन चरणमा ४४ वटा व्यावसायिक फर्म र तिनका सञ्चालकको नाम सार्वजनिक गरिसकेको छ ।

हाल ठूला करदाताको कार्यालयमा १ हजार २ सय ३४ वटा फर्म सूचिकृत छन् । यसमध्ये ५ सयभन्दा बढी फर्महरू अदालती प्रक्रियामा गएको कार्यालयले जनाएको छ ।

ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत अर्जुनप्रसाद भट्टराईले उठाउन बाँकी रहेको बक्यौता रकममध्ये ६५ अर्ब एनसेलकै रहेको बताए । उनले भने, “आयकर र अन्तशुल्कतर्फ मंसिरसम्मको तथ्यांकअनुसार ६५ अर्ब टेलियाकै हो, त्यसबाहेक अरु रकम अन्य कम्पनीको हो ।”

भट्टराईका अनुसार कार्यालयले यसअघि तीन पटकसम्म १५ दिनको समयसीमा दिएर सार्वजनिक रूपमा सूचना प्रकाशित गरिसकेको छ । उनले भने, “हामीले बक्यौता उठाउन करदातालाई पटक पटक ताकेता गरेका छौं, तर अझै पनि करिब ८० अर्ब बक्यौता उठन बाँकी देखिएको छ ।”

उनले पुस मसान्तसम्म बक्यौता बुझाउने बचन करदाताले दिएको पनि जानकारी दिए । कार्यालयले पहिलोपटक सार्वजनिक गरेको सूचनाअनुसार नेकोन एयर, कोहिनुर हिल हाउजिङ र ओरियन्टल विल्डर्स, संजीव राजभण्डारीको मर्कन्टायल सिस्टम, सञ्जय गोल्छाको नियोटेरिक नेपाल, पाकिस्तान इन्टरनेसनल एयरलाइन्स लगायतका १४ वटा व्यावसायिक फर्मले आयकर तिरेका छैनन् ।

यस्तै, प्रदीपशमसेर जबराको पेट्रोलिमेक्स, सुमित रौनियारको पप्पु जेभीलगायत सातवटा फर्मले भ्याट तथा नेपाल टोबाको कम्पनी, एभरेष्ट पोलिमर्सलगायत ६ वटा फर्मले आयकर र भ्याट दुवै नतिरेको कार्यालयले जनाएको छ ।

यस्तै, दोश्रो चरणको सूचनाअनुसार टेलिकम सेवा प्रदायक कम्पनी टेलिया सोनेरा र डा. सुरेशकुमार कनोडियाको नाममा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडमीले आयकर बुझाएका छैनन् ।

यस्तै, निवास शारडाको नाममा रहेको पशुपति खाद्य तेल उद्योग, बलराम महतोको रमन कन्स्ट्रक्सन, हाङ्गजो कालिका ज्वाइन्ट भेन्चर, अम्मरबहादुर खत्रीको रौताह कन्ट्रक्सन, केशा कुमारी गुरुङको नाममा रहेको न्यू शेरचन ब्रदर्शले आय कर र मूल्य अभिवृद्धि कर दुवै बुझाएका छैनन् ।

यस्तै, पदम प्रसाद लुइँटेलको नाममा रहेको त्रिपुरेश्वर कन्डक्टर र जय दुर्गे इन्जिनियरिङ जे.भि ऋषि प्रसाद सुवेदीको नाममा रहेको तुँदी कन्ट्रक्सन प्रा.लि. पेम्बा भोटेको नाममा रहेको बज्रगुरु कन्ट्रक्सन कम्पनी, राकेश कुमार अग्रवालको नाममा रहेको त्रिपुरेश्वर कन्डक्टर उद्योग, गेल्जे लामाको लामा पिएस गोल्डेन गुड जेभी, पृथ्वीबहादुर श्रेष्ठको मनकामना हार्डवेयर एण्ड सप्लायर्स र राजीव मित्तलको नाममा रहेको भिए टेक वाबग लि तथा प्रतिभा इन्ड्रष्टिज लि। जेभीले मूल्य अभिवृद्धि कर बुझाएका छैनन् ।

प्रमुख कर अधिकृत भट्टराईले पटकपटक पत्राचार र फोन सम्पर्क गर्दा समेत बक्यौता नबुझाएका कारण सञ्चालकको नामसहित ४४ वटा व्यवसायिक फर्मको नाम सार्वजनिक गरिएको बताए ।

कार्यालयले सार्वजनिक सूचनामार्फत कार्यालयमा देखिएको अभिलेखअनुसार कर बक्यौता रकम दाखिला गर्न नथा दाखिला भएको भए प्रमाण पेश गर्न भनेको छ । सूचना जारी भएको १५ दिनमित्र बक्यौता कर दाखिला गर्न तथा

खिलाको अदालत वा अन्य निकायमा पुनरावेदन वा निवेदन परी मुद्दा विचाराधीन भएको भए सो को जानकारी दिन भनिए पनि हालसम्म ५ वटा फर्म मात्रै सम्पर्कमा आएको कार्यालयको दाबी छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको