Like us!
Follow us!
Connect us!
Watch us!

चीनमा एक लाख ५९ हजार जनालाई भ्रष्टाचारको कारबाही

सोमबार, २४ पुस २०७४, १२ : २० मा प्रकाशित

चीनमा एक लाख ५९ हजार जनालाई भ्रष्टाचारको कारबाही

अर्थ संसार, बेइजिङ– चीनमा गत वर्ष सन् २०१७ भरीमा एक लाख ५९ हजार १०० जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ ।

उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ ।

उनीहरू एक लाख २२ हजार १०० वटा घटनामा संलग्न भएको र तीमध्ये ४८ हजार ७०० वटा घटना गरिबी निवारणसम्बन्धी थिए ।

हालै प्रकाशित एक सर्वेक्षणले ९३.९ प्रतिशत जनता पार्टीको भ्रष्टाचार विरोधी कामबाट सन्तुष्ट भएको देखाएको छ । यसरी सन्तुष्ट हुनेहरूको मात्रा यसअघि सन् २०१२ मा ७५ प्रतिशत थियो ।   रासस÷सिन्ह्वा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको