Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उतारचढाव सामान्य रहेको गभर्नरको भनाइ, भारतीय ठूला नोट साटिनेमा आशावादी

बुधबार, १५ मंसिर २०७३, १६ : १४ मा प्रकाशित

सेयर बजारमा उतारचढाव सामान्य रहेको गभर्नरको भनाइ, भारतीय ठूला नोट साटिनेमा आशावादी

अर्थ संसार
काठमाडौ– नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपालले सेयर बजारको उचारचढाब सामान्य भएको बताएका छन् । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष समेत रहेका गभर्नर नेपालले बजर घट्नु र बढ्नु सामान्य रहेको बताउँदै त्यसलाई हाउँगुजीका रुपमा नलिन लगानीकर्तालाई आग्रह गरे ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औ स्थापना दिवसको अवसरमा बोल्दै गभर्नर नेपालले सेयर बजार विश्वव्यापी रुपमा घटबढ भइहने भन्दै यसलाई दीर्घकालीन लगानीको रुपमा हेरिनु पर्ने बताए । उनले सेयर बजारमा सवैभन्दा बढी हिस्सा बैंक तथा वित्तिय संस्थाको रहेकोले राष्ट्र बैंकले नजिकबाट नियाली रहेको उल्लेख गरे । 

सोही अवसरमा गभर्नर नेपालले भारतीय ५०० र १ हजार रुपैयाँको समस्या समाधान गर्न दैनिकजसो भारतीय केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया र भारतीय राजदूतसँग कुराकानी भइरहेको बताए । ‘हाम्रो प्रधानमन्त्री र अर्थमन्त्रीले भारतीय समकक्षीसँग दुई पटक कुराकानी गरिसक्नु भएको छ,’ उनले भने, ‘यसबारे भारत सकारात्मक छ । त्यसैले भारतीय ठूला दरका नोट साटिने व्यवस्था अव छिट्टै हुने अपेक्षा छ ।’ 

उनले रेमिट्यान्सको बृद्धि घट्दो रहेको जनाउँदै आयातमा निर्भर राजस्व र रेमिट्यान्सको भरमा राज्य सञ्चालन हुँदा ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिए । उनले आन्तरिक रुपमा उत्पादन बढाउनका लागि राष्ट्र बैंकले व्यवसायीलाई कर्जा सहजीकरण गरिएको दावी गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको