Like us!
Follow us!
Connect us!
Watch us!

हस्तकला मेलामा १० करोडको कारोबार, २ लाख अबलोकनकर्ता

बुधबार, १५ मंसिर २०७३, ०९ : २९ मा प्रकाशित

हस्तकला मेलामा १० करोडको कारोबार, २ लाख अबलोकनकर्ता

अर्थ संसार

काठमाडौं–नेपाल हस्तकला महासंघले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको मेलामा १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । मेला करिब २ लाख अवलोकनकर्ताले हेरेको आयोजकले दावी गरेको छ । पाँच दिनसम्म भएको मेला मंगलबार सकिएको छ । 

मेला समापनमा महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रले आर्थिक विकासको क्रममा निर्यात व्यापारमा अग्रणी भूमिकाको साथै रोजगारी सिर्जनाद्वारा गरिबी निवारणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले महासंघको अभिलेख अनुसार गत आर्थिक बर्षमा हस्तकला निकासी करीव ५ अरव बराबरको रहेको जानकारी दिए । चालू आर्थिक बर्षको प्रथम चौमासिक तथ्यांकले यस बर्ष हस्तकलाका वस्तुहरुको निर्यात बृद्धि हुने संकेत प्राप्त भईरहेको छ । आन्तरिक बजारमा हुने विक्री र अभिलेख नराखिएको निकासी अंक समेत जोड्दा बार्षिक कारोबार करीब १२÷१३ अरवभन्दा बढि रहेको उनले बताए । 

हस्तकला क्षेत्रले करीव १२ लाख व्यक्तिलाई प्रत्यक्ष र परोक्ष रुपबाट रोजगारी प्रदान गरेको उनको भनाइ थियो । समुचित कानूनी व्यवस्था, तद्अनुसारको सांगठनिक संयन्त्रका साथै उपयुक्त पूर्वाधार, विकास, निर्यात व्यापार लक्षित प्रभावकारी कार्यक्रम र सुविधाहरुको व्यवस्था गर्न सके हस्तकला व्यवसायलाई गाउँ गाउँसम्म विस्तार गर्न सकिने महासंघ अध्यक्ष शाक्यले विश्वास ब्यक्त गरे । 

त्यस अबसरमा उत्कृष्ट प्याभिलियनतर्फ सवा नेपाल, उत्कृष्ट स्टल आरजेस वेतबाँस फर्निचर लघु उद्योग राजापुर बर्दिया, परम्परागत बिधातर्फ क्रियटिभ उड कार्भिङ्गका  गोपाल गारु, टेक्सटाईल÷होम डेकोरेशन बिधातर्फ शेर नेपाल क्राफ्टका भिम शेरचन, फेशन एसेसरिज÷फ्युजन बिधातर्फ बिश्वासीलो अल्लो धागो तथा कपडा उद्योग पुरस्कृत भए । त्यस्तै मेला स्थलमै आयोजना गरिएको बुनाई बिधातर्फ उमा गोठे कपाली प्रथम,  पद्मिनी बज्राचार्य द्वित्तीय र ज्ञानी शाक्य तृतीय भए । 
त्यस्तै धातु पत्रकला विधातर्फ माणिकमान शाक्य प्रथम,  दिपेन्द्र शाक्य द्वितीय, र लक्ष्मण महर्जन तृतीय  भए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको