Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण बढ्छ सेयर बजारः एसपी चौलागाईंको विष्लेषण

मंगलबार, १४ मंसिर २०७३, १४ : ५४ मा प्रकाशित

यसकारण बढ्छ सेयर बजारः एसपी चौलागाईंको विष्लेषण

नेपाली पुँजीबजार जँङ्गली परीबेशबाट सहरीया जिबनशैलीमा प्रबेश गरेका तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईको कार्यकालमा बोलीको गोली लागेर ओरालो लागेको हो । त्यतिखेर ११५७ अंकबाट ओरालो लागेर २/३ सयको हाराहारीसम्म ओर्लीएको परिबेश जनमानस ताजै छ।

बाबुरामले सेयर मार्केटलाई बैधानिक जुवाघरको संज्ञा दिँदै सेयर बजार प्रतिकूलको उदण्ड हर्कत गर्दा यसले समग्र अर्थतन्त्रमा ठूलो तुसारापात गर्यो। रास्ट्रिय अर्थतन्त्रको ऐना भनिने सेयर बजारलाई सरकारमा रहेका जिम्मेवार मन्त्रिले कालोपोति दिँदा आफ्नो मुहारमा कस्तो धब्बा देखियो भनेर हेरेनन् । सेयर बजारको यसको योगदान र महत्वलाई उनले रत्तिभर ख्याल गरेनन् । यसले रास्ट्रिय अर्थतंन्त्रमा कस्तो प्रभाब पार्छ भनेर सोचेनन् । यस रास्ट्रिय ढुकुटीमा कति राजस्वको योगदान गर्छ भनेर सोचेनन्। 

त्यस कालखण्डलाई पारगरेर तङ्ग्रँदै तङ्ग्रदै नेपाली पुँजी बजार बर्तमान अबस्थामा सकुसल रुपमा आईरहँदा केही महारथीहरु जिम्बेवार पदको दुरुपयोग हुनेगरी सेयर बजारमा डँडेलो लगाउन लागि परेका छन् ।धितोपत्र बोर्डका प्रमुखदेखि राष्ट्र बैंकका प्रमुख ब्यक्तिसम्म यसमा संलग्न छन्। आफुसँग भएको संम्पूर्ण निम्न बर्गीय नयाँ लगानीकर्तालाई बिक्री गर्नुअगाडि हउस्याई हउस्याई रुख चढाएर चर्को मूल्यमा बिक्री गरी सेयर रित्याएर अमिर बनेपछि आफु रित्तिएको रनाहामा तिनै सोझा सिधा निम्न चेतना स्तरका सहयात्रीको ढुकुटीमा डँडेलो झोसेर ‘अब तिम्रो सेयर सुन हैन, खरानी हो’ भन्दै सुनलाई पित्तलको मूल्यमा खरीद गर्न तम्सेका छन् उनीहरु ।

अब केही समयको अंन्तरालमा तिनै सुनलाई पित्तल भनेर बेच्नेहरुलाई फेरि ‘तिम्रो पित्तल हाम्रो हातमा आएपछि सुन भयो’ भन्दै फेरी सुनको भाउमा बेच्नेछन् ठूला लगानीकर्ता र म्युचुअल फण्डहरुले। कबि भुपी शेरचनको कबिता ‘यो हल्लै हल्लाको देश हो’ मा जस्तै हल्लैहल्ला मच्चाएर सेयर मार्केट आफू अनुकूल घटाउन वा बढाउन सक्ने बौद्धिक माफियाहरु समाजका असली र ठूला लगानीकर्ता भएका छन् ।

उनीहरुसंङ्ग भएको सेयर बिक्री गरी सकेपछि ‘बजार धरासायी भएको छ, अप्रत्यासित बढ्यो, मार्केट क्र्यास हुन्छ’ जस्ता नानाभाँती हल्ला फैलाउन थाल्छन्। हिजोआज देखिएको मार्केटको ट्रेन्ड जस्तै छिनमै आमूल परिवर्तनकारी उतार चडाव किनिसकेपछि ल्याउँछन् र फेरि यसैको स्तुति गान गाउँन थाल्छन्। उनीहरु बजार बढाउने प्रयत्नमा अनेक कत्कण्डा बुन्छन् । अब फेरि त्यस्तै खेल सेयर मार्केटमा सुरु भैसक्यो ।अब ढुक्कले रित्तीएकाहरुले अघाउन्जेल खरिद गर्दा हुन्छ । फेरि सेयर मार्केट यहाँभन्दा बढी घट्ने छैन । बिगतका दिनहरुमा झुक्याएझैं थोरै बढेर धेरै घट्ने गरी अब केहीदिन त्यस्तो खेल चल्ने छैन । 

राजनैतिक हाँउगुजी देखाएर पनी अब हुनेवाला केही देखिएन । सरकार परिबर्तन हुने बेला यस्तै प्रयास धेरै भएको हो। दशैंअगाडीको ब्रोकरहरुले केही खेल खेल्न खोजेका थिए । लगातार घटेर बढिरहेको मार्केटमा नवै दिन जबरदस्त बिक्रीको संख्या बढी देखाएर विक्री चाप देखाउँदै खरिद गर्न खोज्दा सेयर संख्या र त्यसको मूल्य उपलब्ध नहुने तर बिक्रीका लागि सेयर संख्यामात्रै देखिने अबस्था त्यतिखेर सिर्जना गरिएको थियो ।

यस्तो परिस्थिति सृजना गरी बजार घटाउने हर्कत अब हुन सक्ने छैन। किनकी शुक्रबार भएको धितोपत्रबोर्डको बैठकमा केही सकारात्मक कुराहरूमा छलफल भएको छ। जस्ले पुँजी बजारलाई अब ओरालो हैन, उकालो लगाउन महत्वपूर्ण भूमिका खेल्नेछ । छिटै नेप्सेले नयाँ सफ्टवेयर ल्याउने तयारी गरेको छ। अर्को एनआरएनलाई लगानी अनुमति अंन्तिम चरणमा छ ।

तेस्रो कुरा बिदेशी कंम्पनी तथा संस्थाले छिटै नेपाली पूँजी बजारमा लगानी गर्न पाउनेछन्। चौथो नागरिक लगानी कोष र कर्मचारी संञ्चयकोष छिटै पूँजी बजारमा प्रबेश गर्दैछन्। पाँचौं अब छिटै बैंकले ब्रोकर लाईसेन्स पाउदै छन् । उपत्यकाबाहिर पनि सेयर कारोबार विस्तार हुँदै छ । सातौं प्रमोटर शेयर प्रतेक दुई बषएमा बर्षमा ५ प्रतिशतका दरले मात्र साधारणमा परिवर्तन गर्ने गरी छलफल हुँदैछ । 

यस्तै कम्तीमा ३ वटा क्लियरिङ बैंकको ब्यवस्था गरिँदै छ । यस्तै २ बर्षभन्दा धेरै समय शेयर होल्ड गर्नेलाई पुजिगत लाभकर नलगाउने तयारी हुँदैछ। अनलाइनबाट कारोबार सुबिधा विस्तार गर्ने काम अगाडि बढाइँदै छ । मार्केट घटाउने ब्रोकरको लाइसेन्स खारेज गर्नेजस्ता सुधारका काम अगाडि बढ्दै छ । 
यी काम कार्यान्वमा आइसकेपछि अबको छ/सात महिनापछि नेप्से परिसूचक सहजै रुपमा २५०० नाघ्ने निश्चित छ। त्यसैले अब मार्केट घटेका बेलामा सेयर खरिद गर्नेहरुको लागिी यो सुबर्ण अबसर पनि हो।जसले सही समयमा सही निर्णय गर्छ, उसले भबिष्यमा सुन्दर आर्थिक यात्रा तय गर्छ। मार्केटबाट बाहिरिनु भविश्यमा पछुताउनु सिवाय केही हुने छैन। त्यसैले दुरगामी सोचका साथ राम्रो कंम्पनीमा लगानी गर्नु नै आजको अर्जुन दृष्ट्री हो। नेपाली पुँजी बजारको सुन्दर भबिश्य सुनिस्चित छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको