Like us!
Follow us!
Connect us!
Watch us!

डलरको भाउ अकासियो, रेमिटान्स बढ्ने, विदेशी सामान महंगिने

मंगलबार, १४ मंसिर २०७३, १३ : ४५ मा प्रकाशित

डलरको भाउ अकासियो, रेमिटान्स बढ्ने, विदेशी सामान महंगिने

अर्थ संसार
काठमाडौं–अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि अमेरिकी डलरको भाउ अकासिँदै गएको छ । भारतीय रुपैयाँसँगको विनिमय दरमा आधारित नेपाली मुद्राको भाउ डलरसँग घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार डलरको विक्री दर ११० रुपैयाँ २६ पैसा तोको छ । 

भारतले हजार र ५ सय दरका नोटमा प्रतिबन्ध लगाएपछि भारु कमजोर हुँदै गएको छ । त्यसको असर नेपाली मुद्रामा परेको हो । भारतसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले भारु कमजोर हुँनासाथ त्यसको असर नेपाली मुद्रामा पर्न जान्छ । नेपाली कात्तिक अन्तिममा प्रति डलर १ सय ६ रुपैयाँ हाराहारीमा रहेको विनिमय दर दुई साता नवित्दै ४ रुपैयाँले बढेको हो । 

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिकी अर्थतन्त्र मजबुत भएको मानिएको छ । त्यस्तै त्यहाँको केन्द्रीय बैंकले ब्याजदर बढाउने संकेत गरेकाले पनि डलरको भाउ बढ्न सघाएको छ । 
डलरको मूल्य बढ्दा रेमिटान्स पठाउनेहरुलाई फाइदा हुन्छ । विदेशबाट भित्र्याउने सामानको भाउ भने निकै बढ्ने छ । यसले मुलुकको अर्थतन्त्रमा गंभिर असर पार्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको