Like us!
Follow us!
Connect us!
Watch us!

६० लाख लगानीमा सिरुटारमा फुटसल संचालन

सोमबार, १० पुस २०७४, १७ : ५७ मा प्रकाशित

६० लाख लगानीमा सिरुटारमा फुटसल संचालन

  • रमेश गिरी

अर्थ संसार, भक्तपुर– सूर्य विनायक नगरपालिका १ सिरुटारका तीन युवाले रु. ६० लाख रुपैयाको लागतमा निर्माण गरेको फुटसल आजबाट संचालनमा आएको छ ।

कन्ट्रिसाइड रिक्रियशन सेन्टर फुटसलको आज नवनिर्वाचित प्रतिनिधीसभा सदस्य महेश बस्नेतले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बस्नेतले अहिलेका युवा वर्गलाई बिदेश पलायन, बिकृति, बिसंगति लाग्नबाट रोक्नु पर्ने बताउँदै विदेश जाने युवाले आफ्नै गाउँमा सुरु गर्ने यस्ता व्यवसायले युवालाई बिकृति, बिसंगतिमा लाग्न समेत रोक्ने बताउनुभयो ।

युवा वर्ग अगाडि बढे आफ्नो ठाउँको विकास गर्न पाँचवर्ष पनि नलाग्ने बताउँदै उहाँले युवाले गर्ने प्रत्येक विकासका काममा आफ्नो सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा नवनिर्वाचित प्रदेशसभाका सदस्य शशीजंग थापाले उपत्यकामा रंगशालाको अभाव खडकिरहेको अबस्थामा फुटसलले केही हदसम्म त्यसको आवश्यकतालाई पुरा गरेको बताउनुभयो ।

उहाँले दधिकोटमा रंगशाला बनाउने प्रस्ताव सकारात्मक रुपमा अगाडि बढेको र यसको प्रक्रियालाई सरकार समक्ष लगिएकाले यसलाई पुरा गथर्न सबै पक्षबाट पहल हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा ललितपुरको चाँगाथली युवा क्लबका अध्यक्ष बाबुराजा महर्जनले खेलकुद प्रति युवाको आकर्षण बढ्दै गईरहेको अबस्थामा प्रत्येक प्रदेशमा एउटा रंगशाला आवश्यकता भएकाले यसतर्फ ध्यान दिनुपर्ने भनाई राख्नुभयो ।

फुटसल संचालक समितिका अध्यक्ष धनन्जय श्रेष्ठ युवा वर्गको फुटसलप्रति आकर्षण बढ्दै गएको र युवा वर्गलाई मनोरञ्जन दिन युवाहरुको लगानीमा फुटसल संचालनमा ल्याएको बताउनुभयो ।

संचालकद्धय सुदिप राउत र रुपक थापाले युवा वर्गको शारीरिक, मानसिक स्वास्थ्यको विकास गर्ने र फुटसल खेलको विकास गर्ने उदेश्यले फुटसल संचालनमा ल्याएको बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको