Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टद्वारा निःशुल्क परामर्शका लागि प्राविधिकसहितको भ्यान सेवा

मंगलबार, १४ मंसिर २०७३, १० : ३६ मा प्रकाशित

शिवम् सिमेन्टद्वारा निःशुल्क परामर्शका लागि प्राविधिकसहितको भ्यान सेवा

अर्थ संसार

काठमाडौ–शिवम् सिमेन्टीले आम उपभोक्ता समक्ष सिमेन्टलगायतका निर्माण सामाग्रीहरुको गुणस्तर र प्रयोग सम्बन्धि प्राविधिक ज्ञान निःशुल्क रुपमा निर्माणस्थलमै उपलब्ध गराउन प्राविधिक सेवा विभाग गठन गरी सेवा शुरु गरेको छ । 

प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ३० वर्षभन्दा बढीको प्राविधिक कार्य अनुभव भएका बरिष्ठ सिमेन्ट तथा कंक्रिट विज्ञ ईन्जिनियरहरु रहेको कम्पनीले जनाएको छ । 

यस प्राविधिक टिमले आम उपभोक्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क टोल फ्रि नम्बरमा फोन गरी सेवा लिन चाहानेहरुका निमित्त निर्माण स्थलमा स्वयम उपस्थित भई सल्लाह, सुझाव तथा प्राविधिक विषयको जानकारी गराउनेछ । उक्त प्राविधिक टिमलाई चुस्तसेवा प्रदान गर्न कम्प्रिहेन्सिभ टेस्टिङ मेसिन जडित टेक्निकल भ्यानको निःशुल्क सेवा सोमबारबाट शुभारम्भ गरिएको विज्ञप्तिमा जनाइएको छ । 

कम्पनीले निर्माणस्थलमै कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थ जाँच गरी शिवम् सिमेन्टको गुणस्तर ग्राहकहरुसामु प्रस्तुत गर्ने, कंक्रिटलाई प्रयोगमा ल्याउन उपयुक्त बनाउन स्लम्पको परीक्षण गर्ने र कंक्रिटको मजबुतीमा प्रत्यक्ष असर पार्ने पानी र सिमेन्टको अनुपात निर्धारण गर्न सिकाउने, निर्माणस्थलमै ग्राहकहरुलाई स्ल्याबको कास्टिङ्ग, कोलम, प्लास्टरिङ्ग, मेशन रिवर्क तथा अन्य निमार्ण कार्यमा सहयोग प्रदान गर्ने, निमार्ण क्षेत्रमा प्राविधिक टोलि पुगी अन्य आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ ।

यो पनि पढ्नुहोस्

हस्तकला मेलाको थारु डेमा दर्शकहरुको चाप उच्च

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको